झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा

राजविराज राजविराज
|
मंगलबार, आषाढ २, २०७७
|
|
४७ पटक हेरिएको
Shares
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा

सारांश

  •     राजविराज नगरपालिका १ डुमरी शिवथानका ती युवक जेठ १३ गतेदेखी राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा रहेका थिए ।
  • उनी आफ्ना ५१ वर्षिय बाबुसँगै भारतको पञ्जाबबाट फर्के लगत्तै क्वारेन्टाइनमा रहेका थिए ।
  • बाबुछोरा सँगै बसे पनि जेठ ३१ गते बाबुको पिसिआर रिपोर्ट नेगेटिभ आएपपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ असार । 
    डियुटीमा खटिएका स्वास्थ्यकर्मीलाई झुक्याएर क्वारेन्टाइनबाट घर गएका एक यूवकको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । 
    राजविराज नगरपालिका १ डुमरी शिवथानका ती युवक जेठ १३ गतेदेखी राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा रहेका थिए । उनी आफ्ना ५१ वर्षिय बाबुसँगै भारतको पञ्जाबबाट फर्के लगत्तै क्वारेन्टाइनमा रहेका थिए । बाबुछोरा सँगै बसे पनि जेठ ३१ गते बाबुको पिसिआर रिपोर्ट नेगेटिभ आएपपछि उनलाई डिस्चार्ज गरिएको थियो । 
    यता बाबुको रिपोर्ट नेगेटिभ आएपछि आफ्नो पनि नेगेटिभ नै होला भन्ने ठानेर उनी डिस्चार्ज हुने अर्कै व्यक्तिको नाममा क्वारेन्टाइनका स्टाफलाई झुक्याउँदै भोली पल्ट घर पुगेका थिए । तर, घर पुगेको भोली पल्टै असार १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि गाउँमा त्रास र खैलाबैला मच्चिएको हो । 
    यसैबीच गाँउमा पुगेपछि नजिकैको दाढी काट्ने व्यक्ति हजामलाई घरमै बोलाएर बाबुछोरा दुबैले दाढी काट्न लगाएका थिए । गाउँमै दाढी काट्ने आएको देखेर अन्य १०÷११ जनाले पनि दाढी कटाएको स्थानियले बताएका छन् । स्थानियले क्वारेन्टाइनमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीको लापरवाहीले कैयौं व्यक्तिको ज्यान जोखीममा परेको गुनासो पोखेका छन् । 
    यता संक्रमित यूवक समेतको दाढी काटेका हजामले थप एक दर्जन व्यक्तिको समेत दाढी काटेकाले संक्रमणको त्रास फैलिएको वडा अध्यक्ष चन्द्रशेखर चौधरीले बताए छन् । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पिसिआर परिक्षण रिपोर्ट नआउँदै क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारीलाई झुक्याएर घर पुगेका व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएलगत्तै प्रहरीको सहयोगमा सोमबार राती नै नियन्त्रणमा लिई साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखिएको जानकारी दिए । 
    संक्रमित व्यक्तिका परिवारका सबै सदस्य तथा दाढी काट्ने हजामलाई समेत मंगलबार बिहानै क्वारेन्टाइनमा ल्याइसकिएको तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ कार्य अघि बढाइएको उनले बताए ।
    एक व्यक्तिका कारण कोरोनाको जोखिम समुदायमै फैलिने सम्भावना बढेको भन्दै स्थानियले क्वारेन्टाइन स्थलहरुको बन्दोबस्ति र सुरक्षा व्यवस्थाका साथै उक्त घटनाबारे सत्यतथ्य छानबिन हुने माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
राजदेबी टोलमा लाखौको चोरी 
राजदेबी टोलमा लाखौको चोरी 
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी
लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला