दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
कारागार कार्यालय सप्तरीमा कैदीबन्दीहरुले विवाह पञ्चमी धुमधामका साथ मनाएका छन् ।
त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको दिनलाई सम्झदै जिल्लाका विभिन्न राम मन्दिरमा विवाह पञ्चमी उत्सवका रुपमा मनाईरहेका बेला मंगलवार कारागारका कैदीबन्दीले पनि श्रद्धापुर्वक विवाह पञ्चमी उत्सव मनाएका हुन ।
राम र सीता माताको माटाका साना मुर्ती र तस्बीर राखेर उनीहरुले पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तीका लागी प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताए । यस अवसरमा कतिपय कैदीबन्दी ब्रत समेत वसेको जेलर गंगालाल योगीले बताए ।
मंगलवारका दिन परेकाले कतिपय कैदीबन्दी हनुमान देउताको पनि पुजापाठ र हनुनमान चालिसा बाचन गरेको उनले सुनाए ।
विवाह पञ्चमीको अवसर पारेर ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रबाट पुगेको टोली पनि कारागारमा सहभागी भई प्रवचन मार्फत पापबाट मुक्ती तथा सत्यमार्गमा हिड्न प्रेरित गरेका छन ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा संचालित ओमशान्ति मिडीयाका प्रभारी दिनानाथ यादवको नेतृत्वमा पुगेको टोलीले कैदीबन्दीहरुलाई सत्यमार्गमा हिड्न तथा जेलजीवन विताई घर फर्केपछि समाजमा गरिने ब्यवहार तथा आचरण बारे ज्ञान बाँडेका थिए ।
यता विवाह पञ्चमीको अवसर पारेर यहाँ स्थित राम मन्दीर समितीद्वारा गठित विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीको अगुवाईमा भब्य शोभायात्रा निकालिएको छ ।
शोभा यात्रामा भक्तजनले जय श्रीरामको नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए । पुजा समितीका संयोजक सुर्य नारायण यादवले समाजिक सदभाव, सुखःशान्ति तथा एकताको सन्देश दिन पनि शोभा यात्रा निकालिएको बताए ।
यस अवसरमा साँस्कृतिक तथा माहाप्रसाद वितरण, साधु सन्तलाई निशुल्क भोजन लगायतका कार्यक्रमको समेत आयोजना गरिएको रामन्दिर निर्माण समितीका अध्यक्ष खुशीलाल याद वले जानकारी दिए । विवाह पञ्चमीको अवसर पारेर मंगलवार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी रौनक र सहभागिता दुबै बढेको विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीले जनाएको छ ।
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
सारांश
- त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको दिनलाई सम्झदै जिल्लाका विभिन्न राम मन्दिरमा विवाह पञ्चमी उत्सवका रुपमा मनाईरहेका बेला मंगलवार कारागारका कैदीबन्दीले पनि श्रद्धापुर्वक विवाह पञ्चमी उत्सव मनाएका हुन ।
- राम र सीता माताको माटाका साना मुर्ती र तस्बीर राखेर उनीहरुले पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तीका लागी प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताए ।
- यस अवसरमा कतिपय कैदीबन्दी ब्रत समेत वसेको जेलर गंगालाल योगीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया