जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
७० पटक हेरिएको
Shares
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान

सारांश

  •     राजबिराजमा आयोजित जिल्ला बार ईकाइ सप्तरीले न्यायाधिश संजेलले निष्पक्ष न्याय सम्पादन कार्यमा छिटोछरितो तथा बिना भेद्भाव जनतालाई न्याय दिलाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जिल्ला बार ईकाई अध्यक्ष डोमन साहले बताए ।
  •     बिदाई भएर जाने न्यायाधिश संजेलले न्यायपालिकाको स्वतन्त्रता न्यायिक सुशासन बनाउन आफु प्रतिबद्ध रहेको बताउदै जनतालाई छिटोछरितो न्याय दिलाउनमा बारले खेलेको भुमिका र सहयोग बिर्सन नसकिने जिकिर गरे ।
  •     सो अवसरमा बोल्दै बार अध्यक्ष डोमन साहले अदालतले न्याय सम्पादनलाई अझ चुस्त दुरूस्त बनाई जनतालाई न्यायमा पहुँच दिलाउनु अहिलेको आबश्कता रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन । 
    जिल्ला बार इकाईले जिल्ला न्यायाधिश श्रीप्रसाद संजेलको एक कार्यक्रम बिच शुक्रबार बिदाई तथा सम्मान गरेको छ ।
    राजबिराजमा आयोजित जिल्ला बार ईकाइ सप्तरीले न्यायाधिश संजेलले निष्पक्ष न्याय सम्पादन कार्यमा छिटोछरितो तथा बिना भेद्भाव जनतालाई न्याय दिलाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जिल्ला बार ईकाई अध्यक्ष डोमन साहले बताए ।
    बिदाई भएर जाने न्यायाधिश संजेलले न्यायपालिकाको स्वतन्त्रता न्यायिक सुशासन बनाउन आफु प्रतिबद्ध रहेको बताउदै जनतालाई छिटोछरितो न्याय दिलाउनमा बारले खेलेको भुमिका र सहयोग बिर्सन नसकिने जिकिर गरे ।
    सो अवसरमा बोल्दै बार अध्यक्ष डोमन साहले अदालतले न्याय सम्पादनलाई अझ चुस्त दुरूस्त बनाई जनतालाई न्यायमा पहुँच दिलाउनु अहिलेको आबश्कता रहेको बताए ।
    संविधान, कानुन र न्यायको मान्यता, सिद्वान्त, प्रति उत्तरदायित्व रहेर जनतालाई छिठो छरितो र गुणस्तरिय न्यान सम्पादन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उच्च अदालत जनकपुर राजबिराज ईजलास बार एसोसिएसन सप्तरीका अध्यक्ष रामानन्द साहले मुद्दाको शिघ्र फर्छाैट गर्नु, न्यायिक काम कारवाही तथा मुद्दाको फैसलामा गुणस्तरियता अभिबृद्वि गर्नु, बिवाद समाधानका बैकल्पिक उपायहरूको प्रयोगलाई प्रभाकारी बनाउनुपर्नेमा जोड दिए । 
    सो अवसरका अधिबक्ता कृपानँद यादब, रामप्रसाद गौतम, सुरेन्द्र प्रसाद यादब, रामकुमार यादब, ग्रीषचन्द्र झा, महेश प्रसाद साह, शंभु यादब, पत्रकार माला कर्ण लगायतले न्यायमा जनताको पहँुच अभिबृद्वीसँगै अदालतको कार्यक्षेत्रका न्यायमा पहुँचका अबरोधहरूको संबोधन गर्नुको साथै अदालतवाट प्रभाव हुने सेवालाई गुणस्तरिय र प्रभाबकारी बनाउनु अहिले आबश्यकता रहेको बताए ।
    सो अवसरमा न्यायाधिश सजेललाई जिल्ला बारका अध्यक्ष डोमन साहले गम्छा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान समेत गरे । न्यायाधिश सजेल आफ्नो दुई वर्षे कार्यकाल कुशलतापूवर्क सम्पन्न गरि जिल्ला अदालत सप्तरीबाट काठमाडौैं जिल्ला अदालत सरुवा भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?