दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
२०४७ सालको संविधान पुर्नस्थपना अभियानका अध्यक्ष किशोरी महतोले २०७२ सालको संविधान असफल भएको भन्दै २०४७ सालकै संविधान लागु गर्न माग गरेका छन् ।
शुक्रबार राजविराजमा सो अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष महतोले गणतन्त्रसँगै २०७२ सालको संविधान पनि असफल भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले प्रस्ट पारेको दाबी समेत गरे ।
उनले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको अन्तय गरि संबैधानिक राजसंस्था र हिन्दु अधिराज्य कायम गर्न देशैभर अभियान चलाइएको जानकारी दिदै देशको वर्तमान अन्यौलपूर्ण अवस्थाले पनि पुष्टि गरेको भन्दै देशमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना हुनु पर्नेमा जोड समेत दिए ।
सोही पत्रकार सम्मेलनमा उनले अभियानकै क्रममा पूर्व श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको शुभजन्मोत्सव एवं प्रजातन्त्र दिवस राजविराजको राजरंगशालामा भब्यताका साथ मनाउने निर्णय गरिएको जानकारी दिए ।
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
सारांश
- शुक्रबार राजविराजमा सो अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष महतोले गणतन्त्रसँगै २०७२ सालको संविधान पनि असफल भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले प्रस्ट पारेको दाबी समेत गरे ।
- उनले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको अन्तय गरि संबैधानिक राजसंस्था र हिन्दु अधिराज्य कायम गर्न देशैभर अभियान चलाइएको जानकारी दिदै देशको वर्तमान अन्यौलपूर्ण अवस्थाले पनि पुष्टि गरेको भन्दै देशमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना हुनु पर्नेमा जोड समेत दिए ।
- सोही पत्रकार सम्मेलनमा उनले अभियानकै क्रममा पूर्व श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको शुभजन्मोत्सव एवं प्रजातन्त्र दिवस राजविराजको राजरंगशालामा भब्यताका साथ मनाउने निर्णय गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया