राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

राजविराज राजविराज
|
शनिबार, पौष ९, २०७९
|
|
२९ पटक हेरिएको
Shares
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

सारांश

  • कार्यक्रममा यूवा नेता जयप्रकाश यादव, डा.
  • सूर्य प्रसाद यादव, रामगमन साह, सावित्री पण्डित, सुनता साह, मक्सुधन यादव, सेवा निवृत शिक्षिका मन्जु श्रेष्ठ, सुमन कुमार चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
  •  विष्णु नारायण यादवद्वारा संचालित कार्यक्रममा सरेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए भने सोही कार्यक्रममा कुमार कमलेन्द्रम र विष्णु नारायण यादवले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

राजविराज÷देश र मधेशको दिगभ्रमित राजनीतिको निकास र यूवाको भूमिका विषयक एक दिने अन्तरक्रिया शनिबार राजविराजमा सम्पन्न भएको छ । 
कुमार कमलेन्द्रमको अध्यक्षता तथा वरिष्ठ पत्रकार अनिलकुमार अनलको प्रमुख आतिथ्य र पूर्वप्रअ नथुनी दास, बलराम यादवको विशिष्ठ आतिथ्यमा सम्पन्न सो अन्तरक्रियामा वक्ताहरुले देश र मधेशलाई अधिकार सम्पन्न, समृद्ध र सम्मान दिलाउदै सुशासनसहितको लोकतन्त्र र स्वयततासहितको संघीयतालाई सबल बनाउने ऐतिहासिक कार्यभार यूवामाथी आइपरेको बताएका छन् । 
कार्यक्रममा वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रमा यात्रा गरिरहेपनि सम्पूर्ण नेपालीमा एक किसिमको राष्ट्रियताको विकास हुन नसक्नुमा सिमित जातिहरुको  राजयका महत्वपूर्ण अंगहरुमा पहुँच र बहुसंख्यक मधेशी, जनजाती र दलितहरुलाई अलग गरि शासन गर्नु नै दोषि रहेको बताएका छन् । 
कार्यक्रममा यूवा नेता जयप्रकाश यादव, डा. सूर्य प्रसाद यादव, रामगमन साह, सावित्री पण्डित, सुनता साह, मक्सुधन यादव, सेवा निवृत शिक्षिका मन्जु श्रेष्ठ, सुमन कुमार चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । विष्णु नारायण यादवद्वारा संचालित कार्यक्रममा सरेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए भने सोही कार्यक्रममा कुमार कमलेन्द्रम र विष्णु नारायण यादवले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।      

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
आजदेखि माध्यमिक शिक्षा  परिक्षा (एसइई) सुरू, सप्तरीबाट ९ हजार ९८ परिक्षार्थी सहभागी हुदै 
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला