दैनिक समाचारदाता
राजविराज, २० असार ।
दुई देशको नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भए लगत्तै पक्राउ पूर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मिराकुमारी यादवले बुधबार आत्मसमर्पण गरेकी छिन् ।
नेकपा एमालेको तर्फबाट सो नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी मिरा बुधबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पार्टीका जिल्ला अध्यक्ष ताराकान्त चौधरीसहित आएकी थिइन् । यता सोही मुद्दामा उनका पति महेन्द्र कुमार यादव भने फरारै छन् ।
उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । यस्तै प्रहरीले असार १९ गते पक्राउ पूर्जी समेत जारी गरेको थियो ।
डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।
परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । कृष्णाले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।
डाक्नेश्वरी नगरपालिकाका उपप्रमुखद्वारा प्रहरी समक्ष आत्मसमर्पण, पति अझै फरार
सारांश
- नेकपा एमालेको तर्फबाट सो नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी मिरा बुधबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पार्टीका जिल्ला अध्यक्ष ताराकान्त चौधरीसहित आएकी थिइन् ।
- यता सोही मुद्दामा उनका पति महेन्द्र कुमार यादव भने फरारै छन् ।
- उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया