दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को राज्यको चिको सहरमा कक्षा ७ मा अध्ययनरत अनन्त अर्जुन देवद्वारा खिचिएको १ सय १ वटा फरक प्रजातिका चराहरुको फोटो प्रदर्शन गरिएको छ ।
एक वर्षको अवधीमा भ्रमणका क्रममा विभिन्न राष्ट्रहरूमा खिचेका १०१ वटा फरक फरक प्रजातिका चराका फोटोहरू राजविराजको चाय चर्चा नामक स्थानमा फोटो प्रदर्शनी गरिएको हो ।
फोटो प्रदर्शनी कार्यक्रमको आयोजना मैथिली विकिमिडियन्स युजर ग्रुपद्वारा गरिएको थियो भने चाय चर्चाद्वारा यस कार्यक्रमलाई प्रायोजन गरिएको थियो ।
फोटो प्रदर्शनी कार्यक्रममा राजविराज नगरपालिकाका पूर्व नगर प्रमुख शैलेश कुमार चौधरी, रेडक्रस नेपाल सप्तरी शाखाको अध्यक्ष जोगेन्द्र भगत, बोरिया मा.वि. का पूर्व प्रधानाध्यापकद्वय जितेन्द्र नारायण देवर भवेन्द्र यादव, स्वेडेकको अध्यक्ष मीरा देव, जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य इन्द्रनारायण देव लगायत विभिन्न प्रतिभावान फोटोग्राफरहरूको उपस्थिति रहेको थियो ।
विगत १ वर्ष पहिले राजविराजको बोरियामा गरुडको फोटो खिचिसकेपछि उनमा फोटोग्राफीप्रति मोह जागृत भएको थियो र त्यसैलाई पुरा गर्न उनी अमेरिकाको विभिन्न स्थान, मेक्सिको तथा नेपालको विभिन्न स्थानमा फोटोग्राफी गरेर संग्र्रह गरेका फोटोहरूलाई प्रदर्शन गर्न पाउँदा आफु निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा उनलाई मैथिली विकि मिडियन्स युजर ग्रुपका सहसंस्थापक विप्लव आनन्द, पंकज कुमार देव र सदस्य संजोग देवले फोटोग्राफर अनन्तलाई खादा तथा प्रमाण पत्र प्रदान गरेका थिए । राजविराजका नव प्रतिभावान युवाहरूलाई उनको ज्ञानको प्रवद्र्धन गर्ने र तिनीहरूको लागि उचित स्थान प्रदान गर्ने उद्देश्यले चाय चर्चा खोलिएको संजोग देवले जानकारी गराएका छन् ।
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी
सारांश
- एक वर्षको अवधीमा भ्रमणका क्रममा विभिन्न राष्ट्रहरूमा खिचेका १०१ वटा फरक फरक प्रजातिका चराका फोटोहरू राजविराजको चाय चर्चा नामक स्थानमा फोटो प्रदर्शनी गरिएको हो ।
- फोटो प्रदर्शनी कार्यक्रमको आयोजना मैथिली विकिमिडियन्स युजर ग्रुपद्वारा गरिएको थियो भने चाय चर्चाद्वारा यस कार्यक्रमलाई प्रायोजन गरिएको थियो ।
- फोटो प्रदर्शनी कार्यक्रममा राजविराज नगरपालिकाका पूर्व नगर प्रमुख शैलेश कुमार चौधरी, रेडक्रस नेपाल सप्तरी शाखाको अध्यक्ष जोगेन्द्र भगत, बोरिया मा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया