दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
मधेश प्रदेश सभाको बैठकमा प्रदेशसभा सदस्य किरण कुमारी साहले राजविराज नगरपालिका क्षेत्र भित्र रहेका विटौरी जग्गाको समस्या समाधान बारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रदेस सभा सदस्य साहले प्रदेशसभाको शुक्रवारको बैठकमा विटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन ।
राजविराज नगरपालिका क्षेत्रमा वसोवास गर्ने ५ हजार २ सय परिवार वर्षाै देखी लालपुर्जा आफ्नो नाममा प्राप्त गर्न नसकेको तथा नक्सा पास समेत रोकिदा समस्यामा परेको भन्दै उनले छिटो भन्दा छिटो समाधान खोज्नु पर्ने माग समेत गरिन ।
बि.स. २०१६ साल मै नगरपालिका घोषणा भई नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ वायाँ पुस्तौ देखी वसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार वर्षाैदेखी लालपुर्जा पाउन नसक्दा समस्यामा छन । जग्गा वापतको नगरपालिकाबाट पाएको विटौरी रसिदको आधारमा वसोवास र समस्यामा परेका वेला सोही विटौरी रसिदमा उल्लेखित जग्गा बैक तथा वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराईन ।
विगत ८ वर्ष देखी श्रेस्ता र कम्प्युटरमा कुनै रेर्कड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेको भन्दै प्रदेश सभा सदस्य साहले राजविराज नगरपालिकाका ५ हजार भन्दा बढी परिवार बैंक तथा वित्तिय संस्थाबाट पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित हुनु परेको बताइन् ।
विटौरी जग्गाको समस्या समाधान बारे मधेश सरकारको ध्यानाकर्षण
सारांश
- प्रदेस सभा सदस्य साहले प्रदेशसभाको शुक्रवारको बैठकमा विटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन ।
- राजविराज नगरपालिका क्षेत्रमा वसोवास गर्ने ५ हजार २ सय परिवार वर्षाै देखी लालपुर्जा आफ्नो नाममा प्राप्त गर्न नसकेको तथा नक्सा पास समेत रोकिदा समस्यामा परेको भन्दै उनले छिटो भन्दा छिटो समाधान खोज्नु पर्ने माग समेत गरिन ।
- बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया