अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला

राजविराज राजविराज
|
बुधबार, बैशाख ३०, २०८३
|
|
९४ पटक हेरिएको
Shares
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला

सारांश

  •     गत बुधबार रातीदेखी हराइरहेकी स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
  •       तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ५ नौ किलोमिटर भन्ने स्थानमा रहेको कोशी नदीको स्परमा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।        

     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित बनरझुलाबाट एक सातादेखी हराइरहेकी एक महिलाको बुधबार शव फेला परेको छ ।
    गत बुधबार रातीदेखी हराइरहेकी स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको शव सडेगलेको अवस्थामा फेला परेको हो । 
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ नौ किलोमिटर भन्ने स्थानमा रहेको कोशी नदीको स्परमा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । 
    प्रवक्ता पुरीका अनुसार अनिताको हात र खुट्टा बाँधिएको तथा ढुङ्गा प्रहार गरी हत्या गरेको देखिएको छ । अर्धनग्न अवस्थामा फेला परेको उनको हत्या गरी कोशी नदी स्परमा फालिएको उनको भनाई छ ।
    मृतकले लगाएको साडीले हात खुट्टा बाँधिएको, निजका पतिले प्रयोग गर्ने भेष्टमा गह्रौं ढुङ्गा हालेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेकाले हत्या गरी शव लुकाउने प्रयास भएको उनले बताए ।
    वडाध्यक्ष ललन राउतका अनुसार गत बुधबार छिमेकीका छोराको बिहेमा परिवारका अन्य सदस्य गएका बेला चार÷पाँचजनाको अपरिचित समुहले अनिताको अपहरण गरेको खुलेको छ । सो क्रममा प्रतिवाद गर्दा अनिता घाईते समेत भएकी थिईन् । आँगनमा रगतको टाटा देखिएकाले अपहरणकारी संग जोगिन अनिताले निकै प्रयास गरेपनि आफुलाई बचाउन नसकेको देखिएको वडाध्यक्ष राउतको भनाई छ ।
    अनिताका श्रीमान् बिरेन्द्र विगत दुई बर्षदेखि रोजगारीका सिलसिलामा विदेशमा छन् । घट्नाको खबर पाए लगत्तै प्रहरी नायब उपरीक्षक पुरी नेतृत्वको टोली घट्नास्थलमा पुगी अनुसन्धान थालेका छन् । 
    बुधबार नै शव निकालेर परिक्षणका लागि गजेन्द्रनाराण सिंह अस्पताल पु¥याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
नेकपा एसको वडा कमिटि गठन
नेकपा एसको वडा कमिटि गठन
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी