अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला

राजविराज राजविराज
|
बुधबार, बैशाख ३०, २०८३
|
|
४६ पटक हेरिएको
Shares
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला

सारांश

  •     गत बुधबार रातीदेखी हराइरहेकी स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
  •       तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ५ नौ किलोमिटर भन्ने स्थानमा रहेको कोशी नदीको स्परमा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।        

     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित बनरझुलाबाट एक सातादेखी हराइरहेकी एक महिलाको बुधबार शव फेला परेको छ ।
    गत बुधबार रातीदेखी हराइरहेकी स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको शव सडेगलेको अवस्थामा फेला परेको हो । 
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ नौ किलोमिटर भन्ने स्थानमा रहेको कोशी नदीको स्परमा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । 
    प्रवक्ता पुरीका अनुसार अनिताको हात र खुट्टा बाँधिएको तथा ढुङ्गा प्रहार गरी हत्या गरेको देखिएको छ । अर्धनग्न अवस्थामा फेला परेको उनको हत्या गरी कोशी नदी स्परमा फालिएको उनको भनाई छ ।
    मृतकले लगाएको साडीले हात खुट्टा बाँधिएको, निजका पतिले प्रयोग गर्ने भेष्टमा गह्रौं ढुङ्गा हालेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेकाले हत्या गरी शव लुकाउने प्रयास भएको उनले बताए ।
    वडाध्यक्ष ललन राउतका अनुसार गत बुधबार छिमेकीका छोराको बिहेमा परिवारका अन्य सदस्य गएका बेला चार÷पाँचजनाको अपरिचित समुहले अनिताको अपहरण गरेको खुलेको छ । सो क्रममा प्रतिवाद गर्दा अनिता घाईते समेत भएकी थिईन् । आँगनमा रगतको टाटा देखिएकाले अपहरणकारी संग जोगिन अनिताले निकै प्रयास गरेपनि आफुलाई बचाउन नसकेको देखिएको वडाध्यक्ष राउतको भनाई छ ।
    अनिताका श्रीमान् बिरेन्द्र विगत दुई बर्षदेखि रोजगारीका सिलसिलामा विदेशमा छन् । घट्नाको खबर पाए लगत्तै प्रहरी नायब उपरीक्षक पुरी नेतृत्वको टोली घट्नास्थलमा पुगी अनुसन्धान थालेका छन् । 
    बुधबार नै शव निकालेर परिक्षणका लागि गजेन्द्रनाराण सिंह अस्पताल पु¥याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन