कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 

राजविराज राजविराज
|
बिहिबार, आषाढ ५, २०८२
|
|
६५ पटक हेरिएको
Shares
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 

सारांश

  •     बिहीबार ६ वटा राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोलीले प्रमुख जिल्ला अधिकारीलाई एक ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
  •       नेपाली काँग्रेस नगर अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ता, एमालेका नगर अधयक्ष श्रीनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष श्रीकृष्ण राउत, जसपा नेपालका नगर अध्यक्ष मेघानन्द यादव, जनमत पार्टीका नगर अध्यक्ष संजिव साह र लोसपाका नगर अध्यक्ष गौरीकुमारी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको छ ।
  •       ज्ञापनपत्रमा कार्यवाहक नगरप्रमुख अनिता चौधरीले केही कर्मचारी तथा सल्लाहकार अनिलकुमार भगतको मिलिभगतमा विभिन्न विकासीय कार्य तथा योजना बाँडफाँडमा आर्थिक अनियमितता भएको दाबी गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ असार ।

    सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुखले विभिन्न योजना र विकास निर्माण कार्यमा आर्थिक अनियमितता गरेको भन्दै त्यहाका ६ वटा राजनीतिक दलले छानबिनको माग गरेको छ । 
    बिहीबार ६ वटा राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोलीले प्रमुख जिल्ला अधिकारीलाई एक ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । 
    नेपाली काँग्रेस नगर अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ता, एमालेका नगर अधयक्ष श्रीनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष श्रीकृष्ण राउत, जसपा नेपालका नगर अध्यक्ष मेघानन्द यादव, जनमत पार्टीका नगर अध्यक्ष संजिव साह र लोसपाका नगर अध्यक्ष गौरीकुमारी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको छ । 
    ज्ञापनपत्रमा कार्यवाहक नगरप्रमुख अनिता चौधरीले केही कर्मचारी तथा सल्लाहकार अनिलकुमार भगतको मिलिभगतमा विभिन्न विकासीय कार्य तथा योजना बाँडफाँडमा आर्थिक अनियमितता भएको दाबी गरिएको छ । 
    आर्थिक अनियमितता र भ्रष्टाचारको ९ बुँदे मागसहित सोको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरिएको छ । पालिकामा निर्माण भइरहेको १५ शैयाको अस्पताल भवनमा भ्रष्टाचार भएको, नगरपालिकामा जेसिभि र इन्धन व्यक्तिगत काममा प्रयोग गरिएको, नगरपालिकालाई आसेपासे र कार्यकर्ता भर्तीकेन्द्र बनाएको, सार्वजनिक पोखरी ठेक्कामा बिधि प्रक्रिया मिचिएको, सूचना लुकाउने काम भएको तथा विभिन्न योजनाको बेचबिखन र कमिशनको खेल भएको ञापनपत्र मार्फत दाबी गरिएको छ । 
    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले सो बारे आवश्यक अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको टोलीमा सहभागि नेपाली काँग्रेस नगर समितिका अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ताले जानकारी दिए । आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता बिरुद्ध आरोप पत्र दायर गरेपछी विशेष अदालतले जरिवाना र कैद सजाय हुने ठहर गरेको थियो । जसकारण झण्डै तीन वर्षदेखी चौधरी कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
कुखुरा र पोषण सामग्री बितरण
कुखुरा र पोषण सामग्री बितरण
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले