दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
मधेश सरकारले बेरोजगार युवालाई मासिक दुई हजारका दरले जिवन निर्वाह भत्ता दिने तयारी थालेको छ ।
१८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाँ जिवन निर्वाह भत्ता प्रदान गर्ने तयारी मधेश सरकारले थालेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार सरकारी विभिन्न निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले रासायनिक मल अभावका साथै प्राकृतिक विपत्तिबाट किसानले भोग्नु परेको क्षतिको पृष्ठभूमिमा सरकारले सघन अनुगमन, राहत तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो । पछिल्लो पटक मोन्था आँधीका कारण धानबालीमा ठुलो क्षति पुगेको भन्दै उनले प्रभावित किसानहरूलाई प्रतिकट्ठा १५ सय रुपैयाँ राहत वितरणको प्रक्रिया प्रदेश सरकारबाट अघि बढाइएको मुख्यमन्त्रीले जानकारी दिए ।
नेपाल सरकारद्वारा स्वीकृत मल वितरण व्यवस्थापन कार्यविधि(२०८२ अनुसार प्रदेशका आठै जिल्लामा मलको कालोबजारी, ढिलासुस्ती र अनियमितता रोक्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेका मल वितरण समितिलाई पूर्ण रुपमा सक्रिय गरिने, मल नउठाउने वा वितरणमा ढिलाइ गर्ने सहकारी तथा विक्रेताको कोटा तत्काल कटौती गरी आवश्यक स्थानमा सारिने तथा कानुनी कारबाहीसहित कडाइ गरिने मुख्यमन्त्री यादवले बताए ।
गत वर्षदेखि रोकिएको उखु प्रवद्र्धन खर्च (प्रति क्वीन्टल ७० रुपैयाँ) नपाउँदा किसान र उद्योग दुवै प्रभावित भएको भन्दै मुख्यमन्त्री यादवले संघीय सरकारलाई बक्यौता रकम तुरुन्त निकासा गर्न आग्रह गरेका छन् ।
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
सारांश
- १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाँ जिवन निर्वाह भत्ता प्रदान गर्ने तयारी मधेश सरकारले थालेको हो ।
- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार सरकारी विभिन्न निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
- सरकारले रासायनिक मल अभावका साथै प्राकृतिक विपत्तिबाट किसानले भोग्नु परेको क्षतिको पृष्ठभूमिमा सरकारले सघन अनुगमन, राहत तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया