दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
राजविराजस्थित एक गेष्ट हाउसबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका १० डङ्ग्राही बस्ने २६ वर्षका सुनिल मण्डल र राजगढ गाउँपालिका १ झुट्की बस्ने ४२ वर्षका रमानन्द यादव रहेका छन् ।
पक्राउ परेका दुबै जनाको साथबाट प्रहरीले फेनारगन ८४ (पिस), डाईजोपम ८४ (पिस) र टेलजेसिक–८४ (पिस) बरामद गरेको छ भने उनीहरुले प्रयोग गर्ने एक थान मोटरसाइकल समेत नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र लागु औषध ब्युरो शाखा कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलिले मंगलबार गोप्य सुचनाको आधारमा राजबिराज ४ स्थित राहुल गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरि बुधबार जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
लागु औषधसहित दुई पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका १० डङ्ग्राही बस्ने २६ वर्षका सुनिल मण्डल र राजगढ गाउँपालिका १ झुट्की बस्ने ४२ वर्षका रमानन्द यादव रहेका छन् ।
- पक्राउ परेका दुबै जनाको साथबाट प्रहरीले फेनारगन ८४ (पिस), डाईजोपम ८४ (पिस) र टेलजेसिक–८४ (पिस) बरामद गरेको छ भने उनीहरुले प्रयोग गर्ने एक थान मोटरसाइकल समेत नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरी र लागु औषध ब्युरो शाखा कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलिले मंगलबार गोप्य सुचनाको आधारमा राजबिराज ४ स्थित राहुल गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरि बुधबार जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया