तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी

राजविराज राजविराज
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
७५ पटक हेरिएको
Shares
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी

सारांश

  •     स्थानिय सूर्य नारायण यादवको घरमा कोही नभएको बेला चोरी भएको हो ।
  • काम विशेषले स–परिवार घरबाहिर गएको तथा बिहीबार बिहान ४ बजेतिर फर्केर आउँदा मात्र चोरी भएको यादव परिवारले थाहा पाएका थिए ।
  •       चोरले उनको घरको मूल गेटको ढोका र त्यसपछि बाकस फोडेर तीन तोलाको सुनको गरगहना, १४ तोला चाँदीको गरगहना तथा नगद १४ हजार रुँपैया चोरेर लगेका छन् ।

दैनिक समाचारदाता
राजविराज ३० चैत ।
 
    सप्तरीको विभिन्न ग्रामिण भेगमा अहिले चोरीका घटनाहरु बढ्दै गएको छ । बुधबार मध्यराती तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा टोलमा चोरी भएको छ । 
    स्थानिय सूर्य नारायण यादवको घरमा कोही नभएको बेला चोरी भएको हो । काम विशेषले स–परिवार घरबाहिर गएको तथा बिहीबार बिहान ४ बजेतिर फर्केर आउँदा मात्र चोरी भएको यादव परिवारले थाहा पाएका थिए । 
    चोरले उनको घरको मूल गेटको ढोका र त्यसपछि बाकस फोडेर तीन तोलाको सुनको गरगहना, १४ तोला चाँदीको गरगहना तथा नगद १४ हजार रुँपैया चोरेर लगेका छन् । 
    चोरले उक्त समपत्ति राखिएको बाकसबाट बहुमुल्य सरसमान झिकेर बाकसलाई घर नजिकै फालेर फरार भएको स्थानियवासीले बताएका छन् । 
    यसअघि मंगलबार मध्यराती जिल्लाकै छिन्नमस्ता गाउँपालिकामा दुई वटा घरमा चोरी भएको छ । वडा नं. १ बरही विरपुरस्थित संजयकुमार यादव र जितेन्द्र कुमार यादवको घरमा राती २ बजेतिर एकै प्रकृतीको चोरी भएको हो । 
    उनीहरुको घरबाट १ लाख ६० हजार नगद, सुनचाँदीका गरगहना तथा अन्य सरसामान गरि २ लाख ३१ हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ । बडो चलाखीपूर्ण तरिकाले गरिएको चोरी बारे घरधनीले बुधबार बिहान मात्र थाहा पाएका थिए । 
    चोरले संजयको घरबाट दराज फुटाएर १ लाख ५० हजार नगद र अन्य सरसमान गरि १ लाख ५५ हजारको सम्पत्ति लगेका छन् । 
    यस्तै जितेन्द्रको घरबाट दराज फोडेर ६६ हजार मुल्य बराबरको सुनचाँदीको गरगहना तथा १० मुल्य बराबरको अन्य सरसामान गरि कुल ७६ हजार बराबरीको सम्पत्ति लगेको प्रहरीले जनाएको छ । 
    यता दुबै घटना बारे थाहा पाएपछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु