बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास

राजविराज राजविराज
|
आइतबार, आश्विन ४, २०७७
|
|
२८ पटक हेरिएको
Shares
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास

सारांश

  •     बाढीले भत्काएको तटबन्ध मर्मतमा ढिलाई हुँदा सो गाउँपालिका वडा १, २ र ४ का २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका हुन ।
  •       सप्तरी र सिरहा जिल्लाको सीमाना मानिने बलान नदीमा गत साउन ८ गते आएको बाढीले करिब ८ सय मिटर पूर्व तटबन्ध भत्काएको थियो ।
  •       दुई महिनासम्म पनि सरोकारवाला निकायले तटबन्ध मर्मतका लागि ध्यान नदिएको भन्दै स्थानियले भावी क्षति रोक्न अविलम्ब भत्केको तटबन्ध मर्मत गर्न माँग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
    झण्डै दुई महिना अघि बलान नदीमा आएको बाढीले भत्काएको तटबन्ध अझ मर्मत हुन नसक्दा सप्तरीको बलान बिहुल गाउँपालिकाका २ सय ५० परिवार त्रासमा बस्न बाध्य छन् । 
    बाढीले भत्काएको तटबन्ध मर्मतमा ढिलाई हुँदा सो गाउँपालिका वडा १, २ र ४ का २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका हुन । 
    सप्तरी र सिरहा जिल्लाको सीमाना मानिने बलान नदीमा गत साउन ८ गते आएको बाढीले करिब ८ सय मिटर पूर्व तटबन्ध भत्काएको थियो । 
    दुई महिनासम्म पनि सरोकारवाला निकायले तटबन्ध मर्मतका लागि ध्यान नदिएको भन्दै स्थानियले भावी क्षति रोक्न अविलम्ब भत्केको तटबन्ध मर्मत गर्न माँग गरेका छन् ।
    उनीहरुले समयमै तटबन्ध बचाउने आवश्यक प्रयास नहुँदा भत्केको जिकिर गर्दै नेताहरुलाई गुहार्दा पनि आश्वासन मात्र पाइएको गुनासो गरेका छन् । 
    यता बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बलान नदीको बाढीले वर्षेणी ठूलो जनधनको क्षति गर्ने गरे पनि आवश्यक बजेटको अभावमा बलियो तटबन्ध निर्माण गर्न नसकिएको बताए । 
    उनले गाउँपालिकासँग भएको सीमित साधनश्रोतले तटबन्ध तथा नदी आसपासका जोखीमपूर्ण स्थानमा माटो भर्ने, जालीमा बोरा बिच्छ्याउनेलगायतका काम गरि कटान रोक्ने प्रयास गरिए पनि स्थायी समाधान गर्न नसकेको लाचारी ब्यक्त गरे । बर्षेणी बलान नदीमा आउने बाढी र त्यसले गर्ने ब्यापक कटान रोक्न प्रदेश र संघीय सरकारसँग पटक पटक आग्रह गरे पनि आश्वासन बाहेक केही नपाएको गुनासो पनि उनले पोखे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा 
पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा 
बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न
बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
तीन बालबालिका अझै वेपत्ता
तीन बालबालिका अझै वेपत्ता
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष