दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला समवन्य समिती सप्तरीको बिहीबार सम्पन्न निर्वाचनबाट जिल्ला अध्यक्षमा केदार प्रसाद यादव निर्वाचित भएका छन ।
यादव सेवा सदन राजविराजमा विहिवार सम्पन्न निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । केदारले ३४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी भिम राज यादवले १९ मत प्राप्त गरे ।
प्रत्येक स्थननिय तहवाट १ जना महिला सहित ३ जना जिल्ला समवन्य समिती प्रतिनिधि हुने प्रावधान अनुसार १८ पालिकावाट गरी कूल ५४ जना मतादाता रहेकोमा ५३ जनाले मतादान गरेको निर्वाचन अधिकृत समेत रहेका तराई मधेश प्रदेश समितीका मुख्य सचिव शम्भु झाले जानकारी दिए ।
पालिकावाट जिल्ला समवन्य समितीमा प्रतिनिधि सवै सदस्य रहने तथा अध्यक्ष छनौट भएपछी सोही समितीले सदस्यहरु मध्यवाट पदाधिकारी छनौट गरिने निर्वाचन अधिकृत झाले जानकारी दिए ।
अध्यक्षका लागि निवर्तमान जिल्ला सचिव केदार प्रसाद यादव, राजविराज नगरपालिकाका अध्यक्ष समेत रहेका भिमराज यादव, नेता लक्ष्मण यादव र चित्तरन्जन यादवले उम्मेदवारी दर्ता गराएका थिए । यता लक्ष्मण र चित्तरन्जन यादवले नाम फिर्ता लिएपछी केदार र भिमराज यादव चुनाव लडेका थिए ।
५४ प्रतिनिधि मध्य जेष्ठ सदस्य सियावती देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एवम प्रदेश नम्वर २ का अध्यक्ष रेणु यादव, केन्द्रिय सदस्यहरुमा चित्त नारायण यादव, विनोद चौधरी, अशोक कुमार यादव, रमाकान्त चौधरी, जगदेव यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, जिल्ला अध्यक्ष दिनेश यादव, जिल्ला ईन्चार्ज सत्य नारायण यादव, प्रदेश नेता र जिल्ला सचिवालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
फोरम नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
सारांश
- यादव सेवा सदन राजविराजमा विहिवार सम्पन्न निर्वाचनबाट उनी निर्वाचित भएका हुन् ।
- केदारले ३४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी भिम राज यादवले १९ मत प्राप्त गरे ।
- प्रत्येक स्थननिय तहवाट १ जना महिला सहित ३ जना जिल्ला समवन्य समिती प्रतिनिधि हुने प्रावधान अनुसार १८ पालिकावाट गरी कूल ५४ जना मतादाता रहेकोमा ५३ जनाले मतादान गरेको निर्वाचन अधिकृत समेत रहेका तराई मधेश प्रदेश समितीका मुख्य सचिव शम्भु झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया