फोरम नेपाल सप्तरीको अध्यक्षमा  केदार यादव निर्वाचित

राजविराज राजविराज
|
बिहिबार, बैशाख १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •     यादव सेवा सदन राजविराजमा विहिवार सम्पन्न निर्वाचनबाट उनी निर्वाचित भएका हुन् ।
  • केदारले ३४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी भिम राज यादवले १९ मत प्राप्त गरे ।
  •       प्रत्येक स्थननिय तहवाट १ जना महिला सहित ३ जना जिल्ला समवन्य समिती प्रतिनिधि हुने प्रावधान अनुसार १८ पालिकावाट गरी कूल ५४ जना मतादाता रहेकोमा ५३ जनाले मतादान गरेको निर्वाचन अधिकृत समेत रहेका तराई मधेश प्रदेश समितीका मुख्य सचिव शम्भु झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
    संघीय समाजवादी फोरम नेपाल जिल्ला समवन्य समिती सप्तरीको बिहीबार सम्पन्न निर्वाचनबाट जिल्ला अध्यक्षमा केदार प्रसाद यादव निर्वाचित भएका छन । 
    यादव सेवा सदन राजविराजमा विहिवार सम्पन्न निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । केदारले ३४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी भिम राज यादवले १९ मत प्राप्त गरे ।  
    प्रत्येक स्थननिय तहवाट १ जना महिला सहित ३ जना जिल्ला समवन्य समिती प्रतिनिधि हुने प्रावधान अनुसार १८ पालिकावाट गरी कूल ५४ जना मतादाता रहेकोमा ५३ जनाले मतादान गरेको निर्वाचन अधिकृत समेत रहेका तराई मधेश प्रदेश समितीका मुख्य सचिव शम्भु झाले जानकारी दिए । 
    पालिकावाट जिल्ला समवन्य समितीमा प्रतिनिधि सवै सदस्य रहने तथा अध्यक्ष छनौट भएपछी सोही समितीले सदस्यहरु मध्यवाट पदाधिकारी छनौट गरिने निर्वाचन अधिकृत झाले जानकारी दिए ।
    अध्यक्षका लागि निवर्तमान जिल्ला सचिव केदार प्रसाद यादव, राजविराज नगरपालिकाका अध्यक्ष समेत रहेका भिमराज यादव, नेता लक्ष्मण यादव र चित्तरन्जन यादवले उम्मेदवारी दर्ता गराएका थिए । यता लक्ष्मण र चित्तरन्जन यादवले नाम फिर्ता लिएपछी केदार र भिमराज यादव चुनाव लडेका थिए । 
    ५४ प्रतिनिधि मध्य जेष्ठ सदस्य सियावती देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एवम प्रदेश नम्वर २ का अध्यक्ष रेणु यादव, केन्द्रिय सदस्यहरुमा चित्त नारायण यादव, विनोद चौधरी, अशोक कुमार यादव, रमाकान्त चौधरी, जगदेव यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, जिल्ला अध्यक्ष दिनेश यादव, जिल्ला ईन्चार्ज सत्य नारायण यादव, प्रदेश नेता र जिल्ला सचिवालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?