नवीनकुमार गुप्ता
राजविराज, ९ फागुन ।
सप्तरी जिल्लाको पुरानो सरकारी कार्यालय मध्येको एक हो घरेलु तथा साना उद्योग कार्यालय राजविराज । लामो समय देखि विभिन्न सरकारी कार्यालयको नयाँ भवन बन्दा पनि यस कार्यालयको नयाँ भवन निर्माण हुन सकेको छैन् ।
पुरानै जिर्ण रहेको भवनलाई नै मरमत सम्भार गरि नियमित रुपमा सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्दै आएको छ तर, कार्यालयको अभिलेख लगायतका कागजातहरु जोगाउन भने उत्तिकै चुनौती पनि रहेको छ ।
राजविराज वडा नं. ८ मा अवस्थित यस कार्यालयका प्रमुख एवं उद्योग अधिकृत रेखाकुमारी यादवले विभिन्न समस्याका वावजुद लामो समयदेखी पुरानै भवनबाटै सेवाग्राहीलाई सेवा दिइरहेको बताएकी छिन् । यद्यपी वर्षाको समयमा जिर्ण भएका भवनहरु चुहिने गरेकाले महत्वपूर्ण कागजातहरुलाई पानीबाट सुरक्षित राख्न चुनौती समेत रहेको उनको भनाई छ ।
“आवश्यकता भन्दा न्युन कर्मचारीको भरमा जिर्ण भवनबाटै चुस्तदुरुस्त रुपमा सेवा दिइरहेका छौं, उनले भनिन्, “वर्षाको पानीका कारण कार्यालय परिसर डुवानमा पर्ने र कार्यालयको कोठामा समेत पस्दा महत्वपूर्ण कागजातहरु नष्ट हुने चिन्ता रहेकोले गत आ.ब. २०७९÷८० मा कार्यालय परिसरमा भौतिक कार्यहरु गरेर डुवानमा पर्ने समस्याबाट केही राहत मिलेको छ ।”
“दर्ता भइसकेका फर्मको रेकर्ड फायलहरु खोज्न विगतमा निकै गाह्रो हुन्थ्यो, उनले भनिन्, “अहिले ती रेकर्ड फायलहरु व्यवस्थित गरि क्रम संख्या अनुसार विभिन्न दराजहरुमा मिलाएर राखिएको छ, जसकारण सेवाग्राहीहरु फर्म नविकरण गराउन आउँदा थोरै समयमै नविकरण गरेर दिने प्रयास गरेका छौं ।”
यस कार्यालयबाट २०८० फागुन ८ गतेसम्ममा उद्योग तर्फ ११ हजार ३ सय ८ र बाणिज्यतर्फ ११ हजार ४३ वटा फर्महरु दर्ता भएको उनले जानकारी दिइन् ।
“एक दिनमा दुईदेखी चार वटासम्म नयाँ फर्म दर्ताका लागि आवेदन आउने गरेको छ, उनले भनिन्, “ती फर्महरु मध्ये उद्योगतर्फ दर्ता गराउनेहरुको विभिन्न मापदण्ड अनुसार स्थलगत निरिक्षण गरेपछि र आवश्यक कागजातको आधारमा ती उद्योगलाई प्रमाणपत्र दिइन्छ ।”
गत माघ २८ गते उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेश मन्त्रीस्तरको निर्णय अनुसार सम्पूर्ण फर्महरुको नविकरण दस्तुर रजिष्ट्रेशन गर्दा लागेको दस्तुरको १० प्रतिशत मात्र लाग्ने कार्यालय प्रमुख यादवले जानकारी दिइन् ।
कार्यालयमा सो निर्णयको पत्र फागुन ६ गते मात्र मन्त्रालयबाट प्राप्त भए लगत्तै फर्म नविकरण गराउन आउदा रजिष्ट्रेशन गर्दा लागेको दस्तुरको १० प्रतिशत मात्र नविकरण शुल्क लाग्ने र त्यसको अवधी ५ वर्ष रहने जनाइन् । यसअघि प्रत्येक दुई वर्षमा फर्म नविकरण गराउने प्रावधान थियो ।
यसैबीच १० वर्षदेखी नविकरण नभएका फर्महरुको नविकरण समेत भइरहेको जानकारी दिँदै कार्यालय प्रमुख यादवले महिलाहरुको नाममा नयाँ फर्म दर्ता गराउँदा रजिष्ट्रेशन दस्तुर शुल्कमा ३५ प्रतिशत छुट समेतको व्यवस्था रहेको बताइन् ।
हाल कार्यालयमा कर्मचारीको अभाव रहँदा पनि आफूसहित दुई जना छैठौं अधिकृत, एक जना सहलेखापाल र एक जना कार्यालय सहायक गरि पाँच जना स्थायी र ६ जना करारका गरि ११ जना कर्मचारीहरु कार्यरत रहेको उनले बताइन् ।
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय
सारांश
- पुरानै जिर्ण रहेको भवनलाई नै मरमत सम्भार गरि नियमित रुपमा सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्दै आएको छ तर, कार्यालयको अभिलेख लगायतका कागजातहरु जोगाउन भने उत्तिकै चुनौती पनि रहेको छ ।
- राजविराज वडा नं.
- ८ मा अवस्थित यस कार्यालयका प्रमुख एवं उद्योग अधिकृत रेखाकुमारी यादवले विभिन्न समस्याका वावजुद लामो समयदेखी पुरानै भवनबाटै सेवाग्राहीलाई सेवा दिइरहेको बताएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया