कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान

राजविराज राजविराज
|
मंगलबार, भाद्र १९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान

सारांश

  •     सप्तरी जिल्ला अदालतका न्यायाधिश डा.
  • राजेन्द्र कुमार आचार्यको इजलाशले उक्त मुद्दामा सुनुवाई गर्दै प्रदेशसभा सदस्य यादवलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
  •     २०६४ साल असार ९ गते माओवादी नेता गोबिन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा अघिल्लो दिन राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।

    कर्तब्य ज्यान तथा डाका मुद्दामा मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव मंगलबार पूर्पक्षका लागि कारागार चलान भएका छन् । 
    सप्तरी जिल्ला अदालतका न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको इजलाशले उक्त मुद्दामा सुनुवाई गर्दै प्रदेशसभा सदस्य यादवलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
    २०६४ साल असार ९ गते माओवादी नेता गोबिन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा अघिल्लो दिन राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । 
    सप्तरीको प्रदेशसभा क्षेत्र नं. ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी निर्वाचित भएका यादवसहित ९ जना उक्त मुद्दामा आरोपीत थिए । आरोपित मध्ये ८ जनाको फैसला भएपनि उनी माथीको यो मुद्दा मुलतबिमा थियो । त्यती बेलाको आदेशमा यादवलाई पक्राउ गरि मुलतबिमा राखी अनुसन्धान गर्न उल्लेख थियो । 
    सप्तरी जिल्ला अदालतका न्यायाधिश दुर्गाप्रसाद ढुंगेलको इजलाशले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । उच्च अदालत जनकपुर राजविराजको इजलाशका न्ययाधिशद्वय नारायण प्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको २०७५ भदौं ९ गतेको संयुक्त इजलाशले पनि जिल्लाकै फैसलालाई सदर गरेको थियो । २०७८ साल पुस १३ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले पनि जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेको थियो । 
    मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् । 
    सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय माओावदी नेता दिपु भनिने गोविन्द चौधरीको २०६४ साल असार ९ गते साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
गाईको मासुसहित एक पक्राउ
गाईको मासुसहित एक पक्राउ
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल