दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
कृषि ज्ञान केन्द्र सप्तरीले जिल्लामै पहिलो पटक विउ विजन व्यवसायलाई सुरक्षीत, भरपर्दाे, व्यवस्थित र फलदायी बनाउन विक्रेता अनुमती पत्र (लाईसेन्स) का लागी परिक्षा विधीको प्रयोग गरेको छ ।
मंगलवार जिल्लाभरबाट आएका विउ विजन उत्पादक तथा इच्छुक विक्रेताहरको अनुमती पत्रका लागी पुर्व परिक्षा लिइएको हो ।
राजविराजस्थित कृषि ज्ञान केन्द्रको परिसरमा कृषि सम्बन्धि वस्तुगत प्रश्नहरु समावेश गरी ५० मिनेटको समय दिएर लिइएको परिक्षामा ३५ जना उत्तिर्ण भएका छन् ।
परिक्षा सकेको ४ घण्टा भित्रै उत्तर पुस्तिका जाँच गरी नतिजा घोषित गरिएको छ । परिक्षामा जिल्लाभरका ६० जना विउविजन उत्पादक र व्यवसायी सहभागी थिए ।
पुर्व परिक्षामा उत्तिर्ण भएकाहरुलाई लहान पठाई विउ विजन उत्पादन अनुमती पत्र प्रदान गरिने कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए ।
कृषि ज्ञान केन्द्र र विउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनको संयुक्त आयोजनामा कृषि सम्बन्धि प्रश्नावली तयार गरी परिक्षा र विउ विजन उत्पादन तथा व्यवसाय सम्बन्धि तालिमको व्यवस्था मिलाइएके उनले जानकारी दिए ।
जिल्लामा कतिपय तालिम नै नलिएका, अनुमती पत्र नविकरण नगरेका र कतिपय अनुमती पत्र नै नलिई विउ विजनको कारोबार गरिरहेको जानकारी आएपछी यसको अनुगमण र प्रकृयामा कडाई गरिएको कृषि अर्थ विज्ञ किसुन देव राउतले बताए ।
कृषि ज्ञान केन्द्रले २०७९ भदौ १० गते सुचना प्रकाशन गरी विउ विजन विक्रि वितरण क्षेत्रमा काम गर्न चाहने इच्छुक ब्यक्तिहरुको आवेदन माग गरेको थियो । पहिलो चरणमा ३५ जनालाई समावेश गर्ने कार्यक्रम रहेकोमा ६० जनाले आवेदन बुझाएका थिए ।
जिल्लामा पहिलो पटक विउ विजन विक्रि वितरण फलदायी र व्यवस्थित वनाउन परिक्षा
सारांश
- मंगलवार जिल्लाभरबाट आएका विउ विजन उत्पादक तथा इच्छुक विक्रेताहरको अनुमती पत्रका लागी पुर्व परिक्षा लिइएको हो ।
- राजविराजस्थित कृषि ज्ञान केन्द्रको परिसरमा कृषि सम्बन्धि वस्तुगत प्रश्नहरु समावेश गरी ५० मिनेटको समय दिएर लिइएको परिक्षामा ३५ जना उत्तिर्ण भएका छन् ।
- परिक्षा सकेको ४ घण्टा भित्रै उत्तर पुस्तिका जाँच गरी नतिजा घोषित गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया