दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
गत साता आएको अविरल वर्षासंगै चलेको हावहुरीका कारण सप्तरीको खडक नगरपालिका वडा नं. १० स्थित केरा बगानमा क्षति भएको छ ।
झण्डै १५ बिगहा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयारी हुन लागेको ३५ सय केरा क्षति भएको छ ।
दुई वर्ष अघि संचालनमा आएको सो केरा बगानमा २५ लाखभन्दा बढिको लगानी डुवेको फर्मका संचालक उमेश साहको भनाइ छ । उनले भने, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो । घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋृण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो ।”
बाली कृषि बिमाका लागि निवेदन दिदा हालसम्म त्यसको सुनुवाई नभएको उनले बताए । शिक्षण पेशा छोडेर कृषि पेशामा लागेकोमा अहिले पछुतो लागिरहेको उनको भनाइ छ । दश वर्ष शिक्षण पेशामा आवद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचेका साथ सो पेशामा लागेका थिए ।
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
सारांश
- झण्डै १५ बिगहा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयारी हुन लागेको ३५ सय केरा क्षति भएको छ ।
- दुई वर्ष अघि संचालनमा आएको सो केरा बगानमा २५ लाखभन्दा बढिको लगानी डुवेको फर्मका संचालक उमेश साहको भनाइ छ ।
- उनले भने, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया