तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी

राजविराज राजविराज
|
सोमबार, बैशाख २३, २०७६
|
|
७९ पटक हेरिएको
Shares
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी

सारांश

  •     राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो ।
  • संघर्ष समितिका संयोजक राज थारुले जिल्ला स्तरमा गरिएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले पूर्ण वेवास्ता गरेकाले बाध्यभई राष्ट्रिय भेला मार्फत सशक्त र देशभर आन्दोलन चर्काउने तयारी गरिएको जानकारी दिए ।
  • यसका लागि बैशाख २५, २६ र २७ गते सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा ऐतिहासिक थारु राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 
    अदालतबाट जन्मकैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित एघार जनाको रिहाईको माँग गर्दै स्थानियस्तरमा बिरोधको छिटफुट कार्यक्रम संचालन गर्दै आएको रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले राष्ट्रिय भेला मार्फत आन्दोलनका सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । 
    राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । संघर्ष समितिका संयोजक राज थारुले जिल्ला स्तरमा गरिएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले पूर्ण वेवास्ता गरेकाले बाध्यभई राष्ट्रिय भेला मार्फत सशक्त र देशभर आन्दोलन चर्काउने तयारी गरिएको जानकारी दिए । यसका लागि बैशाख २५, २६ र २७ गते सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा ऐतिहासिक थारु राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्न लागिएको उनले जानकारी दिए । 
    भेलाले थारु समुदायको बाक्लो उपस्थिति रहेको बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ्ग, कपिलबस्तु, चितवन, पर्सा, बारा, नवलपरासी, मकवानपुर, रौतहट, सुनसरी, मोरङ्ग, झापा, सप्तरी लगायतका जिल्लाका थारु कल्याणकारी सभा र ९ वटा भातृ संगठनका प्रतिनिधि गरी ५ हजार भन्दा बढीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
    थरुहट नेता लक्ष्मण थारुको प्रमुख आतिथ्यमा हुने राष्ट्रिय भेलालाई राजपा तथा समाजवादी पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । थरुहट आन्दोलनले उठाएका मुद्दालाई स्थापना गराउन, थरुहट आन्दोलनलाई एकिकृत रुपमा उठान गर्न, टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न दबाब दिन, राष्ट्रिय संघर्ष समिति गठन गर्न र आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
    तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन उद्घाटन, दोश्रो दिन हालसम्म गरिएको आन्दोलनको समिक्षा र अन्तरक्रिया तथा तेश्रो दिन राष्ट्रिय आन्दोलन परिचालन समिति गठन, बलुवा घोषणा पत्र जारि तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 
    कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजाय तोक्ने कैलाली जिल्ला अदालतको फैसलाबाट चिढिएको राजपा र थारु समुदायले पटक पटक सरकारलाई दबाब दिँदै आएको छ । तर, सरकारबाट खासै पहल नदेखाइएपछि आन्दोलन चर्काउनुको विकल्प नरहेको पत्रकार सम्मेलनमा थारु समुदायका अगुवा नेताहरुले बिचार व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
गाईको मासुसहित एक पक्राउ
गाईको मासुसहित एक पक्राउ
वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण
वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी