तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी

राजविराज राजविराज
|
सोमबार, बैशाख २३, २०७६
|
|
५७ पटक हेरिएको
Shares
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी

सारांश

  •     राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो ।
  • संघर्ष समितिका संयोजक राज थारुले जिल्ला स्तरमा गरिएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले पूर्ण वेवास्ता गरेकाले बाध्यभई राष्ट्रिय भेला मार्फत सशक्त र देशभर आन्दोलन चर्काउने तयारी गरिएको जानकारी दिए ।
  • यसका लागि बैशाख २५, २६ र २७ गते सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा ऐतिहासिक थारु राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 
    अदालतबाट जन्मकैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित एघार जनाको रिहाईको माँग गर्दै स्थानियस्तरमा बिरोधको छिटफुट कार्यक्रम संचालन गर्दै आएको रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले राष्ट्रिय भेला मार्फत आन्दोलनका सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । 
    राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । संघर्ष समितिका संयोजक राज थारुले जिल्ला स्तरमा गरिएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले पूर्ण वेवास्ता गरेकाले बाध्यभई राष्ट्रिय भेला मार्फत सशक्त र देशभर आन्दोलन चर्काउने तयारी गरिएको जानकारी दिए । यसका लागि बैशाख २५, २६ र २७ गते सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा ऐतिहासिक थारु राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्न लागिएको उनले जानकारी दिए । 
    भेलाले थारु समुदायको बाक्लो उपस्थिति रहेको बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ्ग, कपिलबस्तु, चितवन, पर्सा, बारा, नवलपरासी, मकवानपुर, रौतहट, सुनसरी, मोरङ्ग, झापा, सप्तरी लगायतका जिल्लाका थारु कल्याणकारी सभा र ९ वटा भातृ संगठनका प्रतिनिधि गरी ५ हजार भन्दा बढीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
    थरुहट नेता लक्ष्मण थारुको प्रमुख आतिथ्यमा हुने राष्ट्रिय भेलालाई राजपा तथा समाजवादी पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । थरुहट आन्दोलनले उठाएका मुद्दालाई स्थापना गराउन, थरुहट आन्दोलनलाई एकिकृत रुपमा उठान गर्न, टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न दबाब दिन, राष्ट्रिय संघर्ष समिति गठन गर्न र आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
    तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन उद्घाटन, दोश्रो दिन हालसम्म गरिएको आन्दोलनको समिक्षा र अन्तरक्रिया तथा तेश्रो दिन राष्ट्रिय आन्दोलन परिचालन समिति गठन, बलुवा घोषणा पत्र जारि तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 
    कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजाय तोक्ने कैलाली जिल्ला अदालतको फैसलाबाट चिढिएको राजपा र थारु समुदायले पटक पटक सरकारलाई दबाब दिँदै आएको छ । तर, सरकारबाट खासै पहल नदेखाइएपछि आन्दोलन चर्काउनुको विकल्प नरहेको पत्रकार सम्मेलनमा थारु समुदायका अगुवा नेताहरुले बिचार व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?