दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा एकपछि अर्को जटिल प्रकृतीका रोगको उपचार सम्भव हुँदै गएको छ । दक्ष चिकित्सक र आवश्यक उपकरणको उपलब्धतासँगै यस्ता रोगको सफल उपचार सम्भव हुँदै गएको हो ।
यसै क्रममा पछिल्लो पटक बुधबार साँझ स्तन क्यान्सरबाट पीडित एक बृद्धाको सफल शल्यक्रिया सम्पन्न गरिएको छ ।
स्तन क्यान्सरबाट पीडित सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकी ६० वर्षिया दुखनीदेवी खंगको सफल शल्यक्रिया गरि उनलाई नयाँ जिवन दिन अस्पतालका चिकित्सकले सफलता पाएका हुन् ।
देब्रे स्तनमा गाठो भएपछि उनी उपचारका लागि पुस ८ गते अस्पताल पुगेकी थिइन् । जाँचको क्रममा स्तनमा पलाएको गाठोको रगत परिक्षणका लागि पठाइएको थियो । सो रिपोर्ट सात दिनपछि प्राप्त हुँदा उनलाई क्यान्सर लागेको पुष्टि भएको थियो ।
डा. राजिव मिश्रा, डा. अजय चौधरीको नेतृत्वमा एनेसथेसिया डा. पारसमणि साहसम्मिलित टोलीले साढे तीन घण्टा लगाएर गरेको शल्यक्रिया सफल भएपछि ती बृद्धाले नयाँ जिवन पाएकी हुन् ।
यता उनलाई केही दिन अझ अस्पतालमै राखिने तथा पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताएका छन् ।
क्यान्सर पीडित पत्नीको राजविराजमै सफल उपचार सम्भव भएपछि परिवारजन खुशी भएका छन् ।
पहिलो पटक गजेन्द्र नारायण सिंह अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
सारांश
- यसै क्रममा पछिल्लो पटक बुधबार साँझ स्तन क्यान्सरबाट पीडित एक बृद्धाको सफल शल्यक्रिया सम्पन्न गरिएको छ ।
- स्तन क्यान्सरबाट पीडित सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकी ६० वर्षिया दुखनीदेवी खंगको सफल शल्यक्रिया गरि उनलाई नयाँ जिवन दिन अस्पतालका चिकित्सकले सफलता पाएका हुन् ।
- देब्रे स्तनमा गाठो भएपछि उनी उपचारका लागि पुस ८ गते अस्पताल पुगेकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया