भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 

राजविराज राजविराज
|
मंगलबार, माघ २२, २०७५
|
|
५० पटक हेरिएको
Shares
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 

सारांश

  •     अस्पतालको वेड नं.
  • ५ मा उपचारका लागि भर्ना गराएकी राजविराज २ निवासी ५५ वर्षिया बच्चिदेवी झाको मंगलबार बिहान मृत्यु भएपछि उनका छोरा सम्पर्कमा आएका छन् ।
  •       मृतक झालाई उनका आफन्त रामप्रसाद नाम बताउने व्यक्तिले आइतबार बिहान पेट दुखेको भन्दै अस्पतालको आकस्मिक कक्षमा भर्ना गराएर वेपत्ता भएका अस्पतालले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा तीन दिनअघि एक बृद्धालाई उपचारका लागि भर्ना गराएर आफन्त वेपत्ताभएपछि ती बृद्धाको मृत्यु पश्चात् उनका छोरा सम्पर्कमा आएका छन् । 
    अस्पतालको वेड नं. ५ मा उपचारका लागि भर्ना गराएकी राजविराज २ निवासी ५५ वर्षिया बच्चिदेवी झाको मंगलबार बिहान मृत्यु भएपछि उनका छोरा सम्पर्कमा आएका छन् । 
    मृतक झालाई उनका आफन्त रामप्रसाद नाम बताउने व्यक्तिले आइतबार बिहान पेट दुखेको भन्दै अस्पतालको आकस्मिक कक्षमा भर्ना गराएर वेपत्ता भएका अस्पतालले जनाएको छ ।
    मंगलबार बिहान मृत्युपछि अस्पतालमा दिएको ठेगानामा सम्पर्क गर्दा कोही आफन्त फेला नपरेको अस्पतालमा ड्युटीरत प्रहरी हवल्दार रमाशंकर यादवले जानकारी दिएका छन् । भर्ना भएका दिन उपचारमा संलग्न चिकित्सकले जाँचका क्रममा महिलामा मृगौला रोगको गम्भिर लक्षण देखिएको भन्दै ती महिलालाई लिएर आउने व्यक्ति रामप्रसादलाई केही औषधी किने ल्याउन भनेको थियो । तर, औषधी किन्न पूर्जा लिएर गएका रामप्रसाद फर्केर नआएको हवल्दार यादवले बताए । 
    यता महिलाको अवस्था नाजुक बन्दै गएपछि उपचारमा संलग्न डा. कल्पना साह आफ्नै खर्चमा तत्काल आवश्यक पर्ने केही औषधी किनेर उपचार सुरु गरेका थिए । कोही आफन्त नआउँदा अस्पतालमा ड्युटीरत हवल्दार यादवले ती महिलाको तीन दिनसम्म स्याहार, सुसार गर्दै पोषिलो खानेकुराको व्यवस्था पनि गरिदिदा समेत उनलाई बचाउन नसकिएको डा. साहले बताइन् । 
    डा. साहले ती बृद्धाको मृगौलामा गम्भिर समस्या देखिएपनि भ्याएसम्म सहयोग र बचाउने प्रयास गर्दा गर्दै बचाउन नसकिएको बताइन् ।
    यस्तै अस्पतालमा मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले मानविय संवेदनशिलताका कारण यसरी भर्ना भएका बिरामीहरुलाई समय समयमा सेवा प्रदान गर्दै गरेको जानकारी दिए ।      यसैबीच मृतक महिलाका छोरा अनिल झाले मंगलबार साँझ शव बुझेर लगेका छन् । उनले आमा आफुहरुसँग छुटेर अन्यत्रै बस्ने गरेको र कसले अस्पताल भर्ना गराएको त्यो पनि थाहा नभएको बताए । उनले प्रहरीले आफन्त खोज्दै जाँदा मात्र आफूहले थाहा पाएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला कैदीद्वारा कारागारका कर्मचारी माथि बलात्कारको आरोप
महिला कैदीद्वारा कारागारका कर्मचारी माथि बलात्कारको आरोप
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
सकरपुरा र को. मधेपुरा बिजयी
सकरपुरा र को. मधेपुरा बिजयी
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय
राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?