भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 

राजविराज राजविराज
|
मंगलबार, माघ २२, २०७५
|
|
७४ पटक हेरिएको
Shares
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 

सारांश

  •     अस्पतालको वेड नं.
  • ५ मा उपचारका लागि भर्ना गराएकी राजविराज २ निवासी ५५ वर्षिया बच्चिदेवी झाको मंगलबार बिहान मृत्यु भएपछि उनका छोरा सम्पर्कमा आएका छन् ।
  •       मृतक झालाई उनका आफन्त रामप्रसाद नाम बताउने व्यक्तिले आइतबार बिहान पेट दुखेको भन्दै अस्पतालको आकस्मिक कक्षमा भर्ना गराएर वेपत्ता भएका अस्पतालले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा तीन दिनअघि एक बृद्धालाई उपचारका लागि भर्ना गराएर आफन्त वेपत्ताभएपछि ती बृद्धाको मृत्यु पश्चात् उनका छोरा सम्पर्कमा आएका छन् । 
    अस्पतालको वेड नं. ५ मा उपचारका लागि भर्ना गराएकी राजविराज २ निवासी ५५ वर्षिया बच्चिदेवी झाको मंगलबार बिहान मृत्यु भएपछि उनका छोरा सम्पर्कमा आएका छन् । 
    मृतक झालाई उनका आफन्त रामप्रसाद नाम बताउने व्यक्तिले आइतबार बिहान पेट दुखेको भन्दै अस्पतालको आकस्मिक कक्षमा भर्ना गराएर वेपत्ता भएका अस्पतालले जनाएको छ ।
    मंगलबार बिहान मृत्युपछि अस्पतालमा दिएको ठेगानामा सम्पर्क गर्दा कोही आफन्त फेला नपरेको अस्पतालमा ड्युटीरत प्रहरी हवल्दार रमाशंकर यादवले जानकारी दिएका छन् । भर्ना भएका दिन उपचारमा संलग्न चिकित्सकले जाँचका क्रममा महिलामा मृगौला रोगको गम्भिर लक्षण देखिएको भन्दै ती महिलालाई लिएर आउने व्यक्ति रामप्रसादलाई केही औषधी किने ल्याउन भनेको थियो । तर, औषधी किन्न पूर्जा लिएर गएका रामप्रसाद फर्केर नआएको हवल्दार यादवले बताए । 
    यता महिलाको अवस्था नाजुक बन्दै गएपछि उपचारमा संलग्न डा. कल्पना साह आफ्नै खर्चमा तत्काल आवश्यक पर्ने केही औषधी किनेर उपचार सुरु गरेका थिए । कोही आफन्त नआउँदा अस्पतालमा ड्युटीरत हवल्दार यादवले ती महिलाको तीन दिनसम्म स्याहार, सुसार गर्दै पोषिलो खानेकुराको व्यवस्था पनि गरिदिदा समेत उनलाई बचाउन नसकिएको डा. साहले बताइन् । 
    डा. साहले ती बृद्धाको मृगौलामा गम्भिर समस्या देखिएपनि भ्याएसम्म सहयोग र बचाउने प्रयास गर्दा गर्दै बचाउन नसकिएको बताइन् ।
    यस्तै अस्पतालमा मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले मानविय संवेदनशिलताका कारण यसरी भर्ना भएका बिरामीहरुलाई समय समयमा सेवा प्रदान गर्दै गरेको जानकारी दिए ।      यसैबीच मृतक महिलाका छोरा अनिल झाले मंगलबार साँझ शव बुझेर लगेका छन् । उनले आमा आफुहरुसँग छुटेर अन्यत्रै बस्ने गरेको र कसले अस्पताल भर्ना गराएको त्यो पनि थाहा नभएको बताए । उनले प्रहरीले आफन्त खोज्दै जाँदा मात्र आफूहले थाहा पाएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करेन्ट लागेर मृत्यु                                                                                  
करेन्ट लागेर मृत्यु                                                                                  
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
उपचार खर्चको अभावमा अस्पतालमै वास
उपचार खर्चको अभावमा अस्पतालमै वास
अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी