लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक

राजविराज राजविराज
|
मंगलबार, जेठ ६, २०७७
|
|
५६ पटक हेरिएको
Shares
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक

सारांश

  • जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने अढाई किलोमिटर बाटो निर्माणमा सोही गाउँपालिका ६ खुदीबखारीका यूवाहरु विगत डेढ महिनादेखी उक्त अभियानमा जुटेका हुन् ।
  • डेढ महिनाको अवधीमा उनीहरुले ४ मिटर चौडाईको २ किलोमिटर कच्चि बाटो निर्माण गरिसकेका छन् ।
  • करिब ३ दर्जन यूवाहरुले सामाजिक दुरी कायम गर्दै बाटो निर्माण अभियानमा जुटेको श्रमदानमा खटिएका स्थानिय युवा कृष्णकुमार मण्डलले बताए ।

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका यूवाहरु यतिबेला श्रमदान गरि बाटो निर्माणमा जुटेका छन् । 
जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने अढाई किलोमिटर बाटो निर्माणमा सोही गाउँपालिका ६ खुदीबखारीका यूवाहरु विगत डेढ महिनादेखी उक्त अभियानमा जुटेका हुन् । डेढ महिनाको अवधीमा उनीहरुले ४ मिटर चौडाईको २ किलोमिटर कच्चि बाटो निर्माण गरिसकेका छन् ।
करिब ३ दर्जन यूवाहरुले सामाजिक दुरी कायम गर्दै बाटो निर्माण अभियानमा जुटेको श्रमदानमा खटिएका स्थानिय युवा कृष्णकुमार मण्डलले बताए । बाटो निर्माणका लागि श्रमदान सँगै आवश्यक उपकरण र माटो ढुवानीका लागि प्रयोग गरिने ट्रयाक्टरको भाडा खर्च आदी जुटाउन चन्दा संकलन समेत गरेर बाटो निर्माण कार्य अघि बढाइएको उनले बताए । बाँकी रहेको आधी किलोमिटर सडकको निर्माण कार्य पनि १०÷१५ दिन भित्रै पूरा गरिसक्ने लक्ष्यका साथ काम भइरहेको श्रमदानमा खटिएका अर्का यूवा अशोक यादवले बताए ।  
सदरमुकाम राजविराज जाने बाटो र छिन्नमस्ता भगवती मन्दिरसम्म जाने बाटोमा जोडिएपछि आवागमन तथा गाउँको कृषि उत्पादन बजारसम्म पु¥याउन समेत सहज हुने स्थानियले विश्वास व्यक्त गरेका छन् । गाउँका यूवाहरुले गरेको प्रयासको प्रशंसा गर्दै स्थानियवासीले सडक निर्माणमा खटिएका यूवाहरुलाई सम्मान तथा कालोपत्रे गर्न आवश्यक पहलका लागि स्थानिय तहलाई सुझाव समेत दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा
नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन