विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
४५ पटक हेरिएको
Shares
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

सारांश

  •     बालबालिकालाई पोशाक वितरण गर्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले पोशाक बितरण गर्दै बालबालिकाको शिक्षाप्रति अभिभावकले पनि चासो राख्नुपर्ने आवश्यकता औंल्याउँदै अभिभावक सचेत नभए विद्यालयमा पढाएर मात्र बालबालिकाको भविष्य सुनिश्चित नहुने बताए ।
  •     उनले सबै बालबालिकालाई समान रुपमा पहिचान दिलाउन पोशाकको महत्वपूर्ण भूमिका समेत रहेको उल्लेख गरे ।
  •     वडा नं.

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ स्थित कृष्ण कुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय को.बर्साइनमा आइतबार बालबालिकाहरुलाई पोशाक वितरण गरिएको छ । 
    बालबालिकालाई पोशाक वितरण गर्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले पोशाक बितरण गर्दै बालबालिकाको शिक्षाप्रति अभिभावकले पनि चासो राख्नुपर्ने आवश्यकता औंल्याउँदै अभिभावक सचेत नभए विद्यालयमा पढाएर मात्र बालबालिकाको भविष्य सुनिश्चित नहुने बताए ।
    उनले सबै बालबालिकालाई समान रुपमा पहिचान दिलाउन पोशाकको महत्वपूर्ण भूमिका समेत रहेको उल्लेख गरे ।
    वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले आफ्ना वडाभित्रका सबै विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्ने नीति अनुरुप पोशाक वितरण गरिएको बताए । उनले आफ्नो वडाको चार वटै विद्यालयमा पोशाक वितरण गरिएको जानकारी दिए । 
    कक्षा ६ सम्म सञ्चालित सो विद्यालयमा २ सय ६५ जना बालबालिका बालबालिकालाई सर्ट, पाइन्ट, जुत्ता, मौजा र स्वेटर वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
    तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष ललनप्रसाद राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य हिरालाल साह, प्रधानाध्यापक केदार पण्डितसहितकाले मन्तब्य ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित
निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
शिविरमा आँखा जचाएका मध्येबाट ७० जनामा मोतियाविन्दुको समस्या
शिविरमा आँखा जचाएका मध्येबाट ७० जनामा मोतियाविन्दुको समस्या
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
सहिद परिवारलाई  राहत प्रदान
सहिद परिवारलाई  राहत प्रदान
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति