सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 

राजविराज राजविराज
|
आइतबार, मंसिर १४, २०८२
|
|
२० पटक हेरिएको
Shares
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 

सारांश

  •     दुर्घटनामा चालक सुनिल दाससहित सबै यात्रु घाइते भएका छन् ।
  • सामान्य चोट पटक लागेका उनीहरु उपचारपछी घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ ।
  •       यस मार्गमा दैनिक सयौं सवारीसाधन र पैदल यात्रु आवतजावत गर्ने गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।

    राजविराजको राजदेवी रोडस्थित शिवशंकर सिनेमा मोडमा आइतबार बिहान चार जना यात्रु बोकेको सिटि रिक्सा पल्टिएको छ । 
    दुर्घटनामा चालक सुनिल दाससहित सबै यात्रु घाइते भएका छन् । सामान्य चोट पटक लागेका उनीहरु उपचारपछी घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ । 
    यस मार्गमा दैनिक सयौं सवारीसाधन र पैदल यात्रु आवतजावत गर्ने गरेका छन् । तर जीर्ण सडकको मर्मत सम्भार कार्य हुन नसक्दा दिनहुँजसो दुर्घटना हुने गरेको छ । 
    शिवशंकर सिनेमा चौकका वासिन्दा पशुपति दासले सडकका खाल्डाखुल्डीका कारण यस मार्गबाट हिड्ने सवारीसाधन र यात्रु ज्यान हत्केलामा राखेर नै प्रतिदिन आवतजावत गर्न बाध्य भएको बताए । उक्त मार्गमा दैनिक सवारीसाधन दुर्घटना हुने गरेको भन्दै स्थानियवासीले यसबारे सम्बन्धीत निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सडक स्तरोन्ती कार्यमा चासो नदेखाएको गुनासो पोखेका छन् । 
    सडकमा परेका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा सकस तथा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियले अविलम्ब मर्मत सम्भार कार्य सुरु गर्न सम्बन्धीत निकायसँग माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
झुठा मुदा फिर्ता नलिए आन्दोलन चर्काउने काँग्रेसको चेतावनी
झुठा मुदा फिर्ता नलिए आन्दोलन चर्काउने काँग्रेसको चेतावनी