दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको राजगढ गाउँपालिकास्थित बनैनियाबाट प्रहरीले दुई यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
भारतीय बजारबाट साइकलमा सवारहुँदै लागुऔषध बोकेर आइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोकिसभन ४०८ र नाइट्राभेट १० चार थान र डाइलेक्स डिसि १०० एमएल चार बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ भारतीय सीमासँग जोडिएको बनैनिया क्षेत्रहुँदै लुकिछिपि साइकलमा आउँदै गरेका उनीहरुलाई गस्ती टोलीले चेकजाच गर्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई शुक्रबार लागुऔषध मुद्दा शिर्षक अन्तरगत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ
सारांश
- भारतीय बजारबाट साइकलमा सवारहुँदै लागुऔषध बोकेर आइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
- उनीहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोकिसभन ४०८ र नाइट्राभेट १० चार थान र डाइलेक्स डिसि १०० एमएल चार बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।
- बिहीबार साँझ भारतीय सीमासँग जोडिएको बनैनिया क्षेत्रहुँदै लुकिछिपि साइकलमा आउँदै गरेका उनीहरुलाई गस्ती टोलीले चेकजाच गर्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया