शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ४, २०७८
|
|
७९ पटक हेरिएको
Shares
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको उक्त घर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्टिूयसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।
  •     कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गर्दै गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्ने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने उल्लेख गरे ।
  •       शारिरीक रुपमा असक्त बौना दासको घर तथा शौचालय निर्माणका लागि सामाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एवं पहलमा चन्दा संकलन गरि घर निर्माण गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक । 
    शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका बौना दासका लागि बनाइएको अपाङमैत्री घर बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको उक्त घर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्टिूयसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गर्दै गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्ने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने उल्लेख गरे । 
    शारिरीक रुपमा असक्त बौना दासको घर तथा शौचालय निर्माणका लागि सामाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एवं पहलमा चन्दा संकलन गरि घर निर्माण गरिएको हो । ३७ वर्षिय बौना दासको उचाई २.५ फिट मात्र रहेको छ । 
    तोपा बजार युथका अध्यक्ष कौशल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश २ का आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, केन्द्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, नेत्रविक्रम साह, सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादव, उपाध्यक्ष मोहन यादव लगायतको उपस्थिती रहको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
जनप्रतिनिधीबाट कुटिए महिला 
जनप्रतिनिधीबाट कुटिए महिला 
सशस्त्रका असई भारतमा मृत फेला
सशस्त्रका असई भारतमा मृत फेला
राजविराज नगरपालिका बिरुद्ध परेको रिटमा अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता
राजविराज नगरपालिका बिरुद्ध परेको रिटमा अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी