शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ४, २०७८
|
|
५४ पटक हेरिएको
Shares
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको उक्त घर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्टिूयसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।
  •     कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गर्दै गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्ने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने उल्लेख गरे ।
  •       शारिरीक रुपमा असक्त बौना दासको घर तथा शौचालय निर्माणका लागि सामाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एवं पहलमा चन्दा संकलन गरि घर निर्माण गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक । 
    शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका बौना दासका लागि बनाइएको अपाङमैत्री घर बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको उक्त घर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्टिूयसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गर्दै गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्ने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने उल्लेख गरे । 
    शारिरीक रुपमा असक्त बौना दासको घर तथा शौचालय निर्माणका लागि सामाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एवं पहलमा चन्दा संकलन गरि घर निर्माण गरिएको हो । ३७ वर्षिय बौना दासको उचाई २.५ फिट मात्र रहेको छ । 
    तोपा बजार युथका अध्यक्ष कौशल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश २ का आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, केन्द्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, नेत्रविक्रम साह, सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादव, उपाध्यक्ष मोहन यादव लगायतको उपस्थिती रहको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल
पोखरीमा डुबेर  बालकको ज्यान गयो
पोखरीमा डुबेर  बालकको ज्यान गयो
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो