दैनिक समाचारदाता
राजबिराज, १३ मंसिर ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदाता नामावली संकलनका लागि मंसिर १७ देखी जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा खटिने भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन बारे सो जानकारी दिएको हो ।
फोटोसहितको मतदाता नामावली संकलन २०७८ अन्तरगत संचालन हुने कार्यक्रम बारे जिल्ला स्तरमा सरोकारवालाहरु सँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले मंसिर १७ देखी गाउँ गाउँमा मतदाता नामावली संकलन गर्ने टोली परिचालन हुने बताए ।
आउँदो निर्वाचनलाई लक्षित गरि निर्वाचन कार्यालयले गाउँ गाउँमा पुगि मतदाता नामावली संकलन कार्य सुरु गरेको हो । पहिलो चरणमा मंसिर १७ देखी पुस २५ सम्म जिल्लाको सबै नगरपालिका तथा तिरहुत र अग्निसाइर कृष्णसवरण गाउँपालिकामा प्राविधिक टोली खटाएर मतदाता नामावली संकलन गरिने छ ।
यस्तै दोश्रो चरणमा पुस ४ गतेदेखी पुस २५ सम्म बाँकी रहेका अन्य सबै गाउँपालिकामा टोली पुग्ने जिल्ला निर्वाचन अधिकारी जोशीले जानकारी दिए ।
हरेक स्थानिय तहमा प्रमुख नाम दर्ता अधिकारीको नेतृत्वमा तालिम प्राप्त कर्मचारी र प्राविधिकसहितको टोली पठाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिएको र यसका लागि आवश्यक पर्ने कर्मचारी करारमा राखिएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जसपाका केदार यादव, लोसपाका सुनिल झा, नेकपा माओवादी केन्द्रका बिनोद यादव, जनमत पार्टीका परमानन्द माली, लगायतले पनि विभिन्न सुझाव दिँदै मतदानका लागि उमेर पुगेका र योग्य मतदाताको मतदान अधिकार सुनिश्चित गर्न थालिएको मतदाता नामावली संकलन कार्यमा गाउँ गाउँ पुग्ने टोलीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सप्तरीमा २०७७ पुस ५ सम्ममा १ लाख ८६ हजार ९ सय ४७ पुरुष तथा १ लाख ७० हजार ८ सय ३७ गरि कुल ३ लाख ५७ हजार ७ सय ८४ मतदाता छन् । त्यसपछि हालसम्मको अवधीमा तेश्रोलिङ्गी २१ सहित राजविराज, कंचनरुप र बोदेबरसाइन नगरपालिकास्थित प्रशासन कार्यालयमा थप १७ हजार मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
सारांश
- सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन बारे सो जानकारी दिएको हो ।
- फोटोसहितको मतदाता नामावली संकलन २०७८ अन्तरगत संचालन हुने कार्यक्रम बारे जिल्ला स्तरमा सरोकारवालाहरु सँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले मंसिर १७ देखी गाउँ गाउँमा मतदाता नामावली संकलन गर्ने टोली परिचालन हुने बताए ।
- आउँदो निर्वाचनलाई लक्षित गरि निर्वाचन कार्यालयले गाउँ गाउँमा पुगि मतदाता नामावली संकलन कार्य सुरु गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया