बलात्कारका केही घटना झुठो भएको खुलासा

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
२२ पटक हेरिएको
Shares
बलात्कारका केही घटना झुठो भएको खुलासा

सारांश

  •     सबै घटनाहरु बास्तविक हुन् की होइनन् भन्ने बारे प्रहरीले अनुसन्धान गर्दै जाँदा केही घटनाहरु बास्तविक र केही घटना अन्य व्यक्तिको उक्साहटमा त केही व्यक्तिगत रिसिइबी तथा सामान्य विवादले गर्दा झुठो र कपोकल्पित जाहेरी दिएको सत्यतथ्य सार्वजनिक भएको छ ।
  •       यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार राजविराज नगरपालिका वडा नं.
  • १२ दमाबतीकी एक जना महिलाले आफूसँग जर्वजस्ती करणीको प्रयास गर्ने पुरुषबिरुद्व किटानी जाहेरी लिएर पुगिन् र सोही जाहेरीको आधारमा प्रहरीले तत्कालै आरोपित पुरुषलाई पक्राउ ग¥यो ।

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक । 
    सप्तरीमा बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु बढ्दै जाँदा बुधबार पुनः एकपछि अर्को घटनाहरु सार्वजनिक भएको छ । 
    सबै घटनाहरु बास्तविक हुन् की होइनन् भन्ने बारे प्रहरीले अनुसन्धान गर्दै जाँदा केही घटनाहरु बास्तविक र केही घटना अन्य व्यक्तिको उक्साहटमा त केही व्यक्तिगत रिसिइबी तथा सामान्य विवादले गर्दा झुठो र कपोकल्पित जाहेरी दिएको सत्यतथ्य सार्वजनिक भएको छ । 
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार राजविराज नगरपालिका वडा नं. १२ दमाबतीकी एक जना महिलाले आफूसँग जर्वजस्ती करणीको प्रयास गर्ने पुरुषबिरुद्व किटानी जाहेरी लिएर पुगिन् र सोही जाहेरीको आधारमा प्रहरीले तत्कालै आरोपित पुरुषलाई पक्राउ ग¥यो । तर, पुरुष पक्राउ परेको केहि घण्टाभित्रै जाहेरी दिएकी महिलाले झुठो जाहेरी दिएको खुल्न आएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । 
    सामान्य झैं झगडा भएको बिषयलाई महिलाले जर्वजस्ती करणीसँग जोडेर उजुरी दिएको उनको भनाई छ । प्रहरी उपरिक्षक धमलाका अनुसार घट्नाको अनुसन्धान गर्ने क्रममा महिलाले जुन पुरुषबिरुद्व जर्वजस्ती करणीको आरोप लगाएकी थिइन, त्यो पुरुष घट्ना भएको समयमा घरमै थिएनन् । जवरजस्ती करणीको आरोपमा पक्राउ परेर केहि घण्टा हिरासतमा रहेका शनिश्चर खंगले आफ्नो श्रीमति र राजु खंगकी पत्नीसँग आफ्नो पत्नीको झगडा हुँदा आफूबिरुद्व करणीको आरोप लगाएको बताए ।
    उनका अनुसार गत असोज ३० गते साँझ आफ्नो बुहारीले झाडू लगाइरहेको बखत राजु खंगकी पत्नीले खरानी फ्याँकेपछि झगडा भएको थियो । झगडामा उनीहरुले कुटपिट गर्दा आफ्ना ५ बर्षीय नातीको हात समेत भाँचेको उनको भनाई छ । यता जर्वजस्ती करणीको उजुरी लिएर आउने महिलालाई बोलाएर प्रहरीले सोधपुछ गर्दा उनले स्थानीय केहि व्यक्तिले जर्वजस्ती करणीको उजुरी हाल्न उक्साएको भनी बयान दिएकी छन् ।
    त्यस्तै सप्तरीकै अग्निसाइर कृष्णासावरण गाउँपालिकामा पनि यस्तै घटना सार्वजनिक भएको छ । गाउँपलिकाको वडा नं. २ इटहर्वामा दुई महिलाबीच भएको कुटाकुट घटनाले जर्वजस्ती करणीको प्रयासको घटनामा परिणत भयो । 
    घटना क्रम अनुसार स्थानिय अनिता देवी मण्डल र चन्द्राबतीदेवी मुखिया माछाको व्यापार गर्दै आएकी छन् । असोज २० गते पनि यी दुबै जना माछा बेच्न गाउँकै हाटमा पुगिन् र माछा बेचेर घर फर्किने क्रममा दुबैबीच कुटाकुट भयो । अनिताले चन्द्राबतीको छातीमै दाँतले टोकिन् ।
    सो घटना पश्चात् असोज २२ गते चन्द्राबतीले आफूमाथि कुटपिट गरेको भन्दै गाउँपालिकाको न्यायीक समितिमा निवेदन दर्ता गराइन् । दर्ता गरिएको निवेदनमा भरत मण्डल, उनकी श्रीमति र छोरी मिलेर आफूलाई एक्कासी गालीगलौज गर्दै छातीमा टोकेको र कानमा लगाइएका सुनका गहना लुछाचुड गरी खोसेर लगेको उल्लेख गरेकी छन् । 
    घट्ना प्रहरीसम्म पुग्यो र प्रहरीमा कुटपिट नभई जर्वजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी प¥यो । गाउँपालिकामा कुटपिट भएको भन्दै निवेदन दिने महिलाले अनिताका पति भरतले आफूसँग जर्वजस्ती करणीको प्रयास गरेको भन्दै असोज २४ मा इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दर्ता गराइन् । जर्वजस्ती करणी प्रयासको उजुरी दर्ता गराएपछि प्रहरीले भरतलाई पक्राउ ग¥यो । प्रहरीले पक्राउ परेका भरतलाई असोज २७ गते अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप समेत गरायो । 
    यस सम्बन्धमा जिल्ला प्रहरी प्रम्ुख धमलाले जिल्लामा जाहेरी आइसकेपछि इलाका प्रहरी कार्यालय कंचनपुरलाई अनुसन्धान गर्ने जिम्मा दिइएको जानकारी दिए । उनले भने ‘कंचनपुरले उजुरी दर्ता गरेको छ भने बुझेरै गरेको होला’ धमलाले भने, “गाउँपालिकामा निवेदन दर्ता भएको छ भने पछि उसको पक्षमा काम लाग्छ र जाहेरबालालाई नै कार्वाही हुन्छ ।”
    यस्तै जिल्लाको महदेवा गाउँपालिका वडा नं ३ बथनाहामा भदौं १ गते एक १० बर्षीया बालिकाको बलात्कारको घटना सार्वजनिक भएको छ । गाउँकै काका नाता पर्ने ४० बर्षीया रामसुनर सरदारले बालिकालाई राति ९ बजे खेतमा लगी बलात्कार गरे जनाइएको छ । घट्नापछि फरार भएका सरदारलाई भदौं १० गते प्रहरीले पक्राउ गरी जर्वजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ ।
    घट्नापछि जर्वजस्ती करणीमा संलग्नकी पत्नीले ती बालिकाका पिता र काकाले एकै पटक आफूलाई बलात्कारका प्रयास गरेको आरोप लगाएकी छन् । यता बालिकासँग बलात्कार गरेका रामसुनरलाई थुनामुक्त बनाउन उनकी पत्नीसहित गाउँका अगुवाले धेरै पटक बयान फेर्न दवाव दिएको बालिकाकी आमाले बताएकी छन् । 
    पीडित बालिकाको आमाका अनुसार गत असोज ३० गते थुनामा रहेकाकी पत्नीले आफ्नो जग्गामा टाटी लगाउन आएको बेला श्रीमान्ले रोक्दा उनले आफैं कपडा च्यातेर बलात्कारको प्रयास गरेको भन्दै हल्ला गरेकी थिइन् । यसपछि प्रहरी चौकी डिमनमा गएर मौखिक जानकारी गराउँदा प्रहरीले आफ्ना श्रीमान् र देबरलाई बलात्कार आरोपमा पक्राउ गरेको उनले बताइन् ।
    बालिकाकी आमा अनुसार अहिले पनि गाउँका सबै अगुवाले आफूलाइृ बयान फेर्न दवाव दिने गरेका छन् । यता वडा अध्यक्ष यादवले भने यो घट्नाबारे आफूलाई जानकारी नभएको बताउँछन् । 
    घटना सम्बन्धमा जिल्ला प्रहरी प्रमुख धमलाले यो घट्नामा पनि कंचनपुरले नै अनुसन्धान गरिरहेको बताए । उनले भने, “यदी पक्राउ परेकाहरु निर्दाेष छन् भने उनीहरु छुटछन्’ 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
तस्करीका काठसहित सदा पक्राउ
तस्करीका काठसहित सदा पक्राउ
जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध ः प्रजिअ थापा
जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध ः प्रजिअ थापा
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना
सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना
हत्याका पाँच फरारआरोपित पक्राउ
हत्याका पाँच फरारआरोपित पक्राउ
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता