बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 

राजविराज राजविराज
|
सोमबार, भाद्र ३०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 

सारांश

  •     बाल दिवसको अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी बाल मनाईरहँदा राजविराज नगरपालिकाले सो दिवसप्रति कुनै चासो नदिएकोले बालबालिकाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
  •       यता नगरपालिकाले आफूले कुनै कार्यक्रम नगरेको तथा बालबालिकाका लागि बजेट नदिएको भन्दै ¥यालीसहित नारावाजी गर्दै विरोध नगरपालिका प्राङ्गणमा प्रदर्शन गरेका छन् ।
  •       स्थानिय शिव मन्दिरको प्राङ्गनबाट जिल्ला बाल संजाल, नगर स्तरिय बाल संजाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपाल लगायत संस्थाको संयुक्त अगुवाईमा निकालिएको बालबालिकाको जुलुस नगरपालिका विरुद्घ चर्को नारावाजी गर्दै नगरपालिकाको कार्यालयमा पुगी नगरप्रमुख शम्भु यादवलाई ज्ञापन पत्रसहित पाँच रुपैया सहयोग समेत बुझाए ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
    बाल दिवसको अवसरमा राजविराज नगरपालिकाले कुनै औपचारिक कार्यक्रम नगरेको भन्दै बालबालिकाहरुले आइतबार राजविराजमा बिरोध प्रदर्शन गर्नुका साथै राजविराज नगर प्रमुखलाई ज्ञापनपत्रसहित पाँच रुँपैयाको सहयोग प्रदान गरेको छ । 
    बाल दिवसको अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी बाल मनाईरहँदा राजविराज नगरपालिकाले सो दिवसप्रति कुनै चासो नदिएकोले बालबालिकाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् । 
    यता नगरपालिकाले आफूले कुनै कार्यक्रम नगरेको तथा बालबालिकाका लागि बजेट नदिएको भन्दै ¥यालीसहित नारावाजी गर्दै विरोध नगरपालिका प्राङ्गणमा प्रदर्शन गरेका छन् । 
    स्थानिय शिव मन्दिरको प्राङ्गनबाट जिल्ला बाल संजाल, नगर स्तरिय बाल संजाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपाल लगायत संस्थाको संयुक्त अगुवाईमा निकालिएको बालबालिकाको जुलुस नगरपालिका विरुद्घ चर्को नारावाजी गर्दै नगरपालिकाको कार्यालयमा पुगी नगरप्रमुख शम्भु यादवलाई ज्ञापन पत्रसहित पाँच रुपैया सहयोग समेत बुझाए । 
    बालदिवस मनाउन नगरपालिकाले कुनै बजेट नछुटयाएकाले विरोध स्वरुप ५ रुपैया सहयोग गरेको बाल अधिकारको लागि राष्ट्रिय अभियान नेपाल सप्तरीका सह संयोजक सौरभ यादवले जानकारी दिए । 
    यस्तै उनले डेंगु रोग पनि अहिले भयावह रुपमा फैलिएपनि नगरपालिकाले नियन्त्रणका लागि पनि खासै पहल नगरेको आरोप लगाए । त्यस्तै बाल अधिकारको संरक्षण गर्न नगरपालिकासँग बजेट नभएकाले बालबालिकाबाट संकलित ५ रुपैया सहयोग गरेको उनको भनाई छ । 
    जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष बरदान श्रेष्ठले राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाउन नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएको गुनासो पोखे । उनले नगरपालिकाका सामाजिक विकास अधिकृत एवं सूचना अधिकारी मनोज यादवलाई पटक पटक गुहारेपनि बजेट नभएको भन्दै पन्छिने गरेको सुनाए । 
    नगर प्रमुख यादवले राष्ट्रिय बाल दिवस मनाउन सहयोगका लागी बाल संजाल तथा बाल क्लवहरु आएको विषय बारे आफुलाई कुनै जानकारी नभएको बताउँदै यस बारे सूचना अधिकारी यादवसँग जानकारी लिने बताए । 
    उनले अगामी दिनमा राष्ट्रिय बालदिवस भव्य रुपमा मनाउन बालबालिकाले आवश्यक बजेट छुट्याउने प्रतिबद्घता पनि व्यक्त गरे । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?