दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित जगमोहन नयाँ बस्मिा सोमबार राती जंगली हात्तिको समूहले तीन परिवारको घर तोडफोड गरेको छ ।
मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पु¥याएको छ भने तिलमान तामाङ र सितामाया तामाङको एक–एक घरमा आंशिक क्षति पु¥याएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
यसैक्रममा मंगलबार बिहान गाउँपालिका अध्यक्ष यादव, प्रशासकिय अधिकृत रामसुन्दर थापा, वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापा र विपद् व्यवस्थापन इकाई शाखा प्रमुख मिथिलेश यादवको टोलीले सो क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
हात्तिका कारण सबै भन्दा बढी क्षति पुगेका स्थानिय कामिसिंह तामाङलाई राहत स्वरुप २५ किलो चामल, डस्ना एक थान, ब्लायङकेट एक थान, कुकर एक थानलगायत अन्य खाना पकाउने भाडा गाउँपालिकाले उपलब्ध गराएको छ ।
सो राहत वितरण वितरण गर्दै अध्यक्ष यादवले गाउँपालिकाको विपद् व्यवस्थापन नियमानुसार थप राहत उपलब्ध गराउने जानकारी दिँदै हात्ति आंतकलाई रोकथाम गर्न जिल्ला प्रशासन र जिल्ला वन कार्यालयबाट सहकार्य गर्दै कार्यान्वय गर्ने बताए ।
हात्तिले क्षति पु¥याएका पीडित परिवारलाई राहत प्रदान
सारांश
- मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पु¥याएको छ भने तिलमान तामाङ र सितामाया तामाङको एक–एक घरमा आंशिक क्षति पु¥याएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
- यसैक्रममा मंगलबार बिहान गाउँपालिका अध्यक्ष यादव, प्रशासकिय अधिकृत रामसुन्दर थापा, वडा नं.
- ६ का अध्यक्ष गोबिन्द सिंह थापा र विपद् व्यवस्थापन इकाई शाखा प्रमुख मिथिलेश यादवको टोलीले सो क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया