दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित जगमोहन नयाँ बस्मिा सोमबार राती जंगली हात्तिको समूहले तीन परिवारको घर तोडफोड गरेको छ ।
मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पु¥याएको छ भने तिलमान तामाङ र सितामाया तामाङको एक–एक घरमा आंशिक क्षति पु¥याएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
यसैक्रममा मंगलबार बिहान गाउँपालिका अध्यक्ष यादव, प्रशासकिय अधिकृत रामसुन्दर थापा, वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापा र विपद् व्यवस्थापन इकाई शाखा प्रमुख मिथिलेश यादवको टोलीले सो क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
हात्तिका कारण सबै भन्दा बढी क्षति पुगेका स्थानिय कामिसिंह तामाङलाई राहत स्वरुप २५ किलो चामल, डस्ना एक थान, ब्लायङकेट एक थान, कुकर एक थानलगायत अन्य खाना पकाउने भाडा गाउँपालिकाले उपलब्ध गराएको छ ।
सो राहत वितरण वितरण गर्दै अध्यक्ष यादवले गाउँपालिकाको विपद् व्यवस्थापन नियमानुसार थप राहत उपलब्ध गराउने जानकारी दिँदै हात्ति आंतकलाई रोकथाम गर्न जिल्ला प्रशासन र जिल्ला वन कार्यालयबाट सहकार्य गर्दै कार्यान्वय गर्ने बताए ।
हात्तिले क्षति पु¥याएका पीडित परिवारलाई राहत प्रदान
सारांश
- मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पु¥याएको छ भने तिलमान तामाङ र सितामाया तामाङको एक–एक घरमा आंशिक क्षति पु¥याएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
- यसैक्रममा मंगलबार बिहान गाउँपालिका अध्यक्ष यादव, प्रशासकिय अधिकृत रामसुन्दर थापा, वडा नं.
- ६ का अध्यक्ष गोबिन्द सिंह थापा र विपद् व्यवस्थापन इकाई शाखा प्रमुख मिथिलेश यादवको टोलीले सो क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया