बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १५, २०७६
|
|
४१ पटक हेरिएको
Shares
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 

सारांश

  •     संघले बिहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।
  • आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दुर्गानन्द साहले चालदु आ.
  • ब.

दैनिक समाचारदाता
राजबिराज, १५ फागुन । 
    सप्तरी ईट्टा उद्योग ब्यवसायी संघले वर्षाका कारण पाँच करोड भन्दा बढी मुल्य बरारबरको ईट्टामा क्षति भएको जनाएको छ । 
    संघले बिहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दुर्गानन्द साहले चालदु आ.ब.मा भएको पाँच पटकको वर्षाका कारण ५ करोड भन्दा बढी मुल्य बराबरको इट्टामा क्षति भएको जानकारी दिएका हुन् । 
    वर्षाले उद्योगमा पकाउन तयारी अवस्थामा राखिएको काचो ईट्टामा क्षति पुगेपछि सो नोक्सानीलाई कम गर्न राज्यबाट ईट्टामा लाग्ने कर छुटको माँग गरे । 
    उनले केही भारतीय ब्यक्तिहरूले नेपालमा आएर स्थानीय ईट्टा उद्योगीसँग मिलेर तस्करी गरिरहेको बताउँदै ईट्टा उद्योगहरूले ईट्टा भट्टामा सि कार्वनको प्रयोग गरिरहेको आरोप समेत लगाए । 
    कोईलाको अभाव र चर्काे करका कारण ईट्टा उद्योगको अबस्था जर्जर बन्दै गएको भन्दै अध्यक्ष साहले भारतबाट कोईला ल्याउन रोक लागेपछि बिदेशबाट कोईला मगाउन महगो पर्ने सँगै झन्झटिलो हुने भएकोले धेरै ईट्टा उधोग बन्द हुने अबस्थामा पुगेको बताए ।
    एउटा उद्योगका लागि ६ सय देखि १ हजार टन कोईलाको आबश्यकता पर्ने गरेको बताउदै ईन्डोनेसिया, अमेरिकावाट कोईला मगाउन धेरै समय लाग्ने र भारतीय कोईला जस्तो क्वालिटी नभएको अध्यक्ष साहले जानकारी दिए । 
    बर्षाका कारण र कोईला अभावका कारण ईट्टा भट्टामा भएको क्षतिले हाल ईट्टाको मूल्यमा १४ रूपैया वाट २ रूपैया बृद्वि गरी १६ रूपैया पु¥याएको अध्यक्ष साहको भनाई थियो ।ेस्
    सोही पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दासले केही ईट्टा उद्योगहरुले प्रयोग गरिरहेकोे सि कार्वनका कारणले मानव स्वास्थमा प्रतिकुल असर पु¥याईरहेको बताए । 
    जिल्लामा ७२ ईट्टा उद्योग दत्र्ता रहेकोमा हाल ४२ ईट्टा भट्टा सञ्चालनमा रहेको र अन्य बाँकी ईट्टा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उपाध्यक्ष दासले जानकारी दिए । सप्तरीमा बार्षिक १ करोड २५ लाख ईट्टा उत्पादन हुने गरेको जनाइएका छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका,  छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
फरार ४२ जना कैदीबन्दी पक्राउ
फरार ४२ जना कैदीबन्दी पक्राउ
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार