दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले शम्भुनाथ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लक्ष्मी साहलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेसका सचिव शत्रुहन प्रसाद यादवद्वारा बुधबार जारि विज्ञप्तिमा योजनाबद्ध ढंगले तयार पारिएको घटनाक्रम लगायतका सम्पूर्ण विषयको छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्नु पर्ने भन्दै झुठा उजुरीको आधारमा पक्राउ गरिएका वडाअध्यक्ष साहलाई तत्काल रिहा गर्न जोडदार माँग गरिएको छ ।
जारि विज्ञप्तिमा घटना स्थानिय विपक्षि समूहबाट पूर्वनियोजित ढंगले गरिएको ठहर गर्दै पुरानो रिसिबीलाई साधन तथा वडाअध्यक्ष साहलाई बदनाम गराउने र फसाउने नियतले रचिएको षडयन्त्र बारे गम्भिर र सुक्ष्म तथा उच्च स्तरिय छानबिन आयोग गठन गरि अविलम्ब छानबिन प्रारम्भ गर्न माँग गरिएको छ ।
सोही विज्ञप्तिमा पीडित भनिएकी महिलाको बारे समेत आवश्यक अनुसन्धान हुनुपर्ने माँग गरिएको छ ।
पक्राउ परेका वडाअध्यक्षलाई रिहा गर्न काँग्रेसको माँग
सारांश
- काँग्रेसका सचिव शत्रुहन प्रसाद यादवद्वारा बुधबार जारि विज्ञप्तिमा योजनाबद्ध ढंगले तयार पारिएको घटनाक्रम लगायतका सम्पूर्ण विषयको छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्नु पर्ने भन्दै झुठा उजुरीको आधारमा पक्राउ गरिएका वडाअध्यक्ष साहलाई तत्काल रिहा गर्न जोडदार माँग गरिएको छ ।
- जारि विज्ञप्तिमा घटना स्थानिय विपक्षि समूहबाट पूर्वनियोजित ढंगले गरिएको ठहर गर्दै पुरानो रिसिबीलाई साधन तथा वडाअध्यक्ष साहलाई बदनाम गराउने र फसाउने नियतले रचिएको षडयन्त्र बारे गम्भिर र सुक्ष्म तथा उच्च स्तरिय छानबिन आयोग गठन गरि अविलम्ब छानबिन प्रारम्भ गर्न माँग गरिएको छ ।
- सोही विज्ञप्तिमा पीडित भनिएकी महिलाको बारे समेत आवश्यक अनुसन्धान हुनुपर्ने माँग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया