राजविराज÷सप्तरीको बोदेबर्साइन नगरपालिका ३ गौरा टोलमा शनिबार बिहान आगलागि हुँदा एक कुखुरा फर्मसहित ६ घर खरानी भएको छ ।
वडा नं. ३ स्थित गौरा टोलमा विद्युत सर्ट भई बिहान ९ बजेतिर सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा एक कुखुरा फर्मसहित सोही सँग टाँसिएको ६ घर जलेर खरानी भएको छ ।
आगलागिबाट स्थानिय जागेश्वर यादवको कुखरा फर्मका साथै काशेन्द्र यादव, जयनारायण यादव, बिनोद कुमार यादव, शशी यादवलगायतको घर जलेर नष्ट भएको छ ।
आगलागिमा कुखुरा फर्ममा रहेका एक हजार पाँच सय चल्लासमेत जलेर मरेका छन् । राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण कायम गरिएको राजविराज नगरपालिका बारुण यन्त्र विभागका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।
आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे
सारांश
- आगलागिमा कुखुरा फर्ममा रहेका एक हजार पाँच सय चल्लासमेत जलेर मरेका छन् ।
- राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण कायम गरिएको राजविराज नगरपालिका बारुण यन्त्र विभागका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया