उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन

राजविराज राजविराज
|
सोमबार, चैत्र २, २०८२
|
|
७१ पटक हेरिएको
Shares
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन

सारांश

  •     राजविराज वडा नं.
  • २ राजदेवी चौकस्थित नवनिर्मित बसपार्कको १० महिना अघि राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परवीनले उद्घाट्न गरेकी थिइन् ।
  • तर, बसपार्क सञ्चालनमा आउन नसक्दा राजविराजको मेनरोडमै जथाभावी रुपमा सार्वजनिक यातायातका साधन पार्किङ गर्ने र त्यहीबाट आवत जावत गर्ने क्रम बढ्दै गएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 

    उद्घाट्न भएको दश महिना वित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् । 
    राजविराज वडा नं. २ राजदेवी चौकस्थित नवनिर्मित बसपार्कको १० महिना अघि राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परवीनले उद्घाट्न गरेकी थिइन् । तर, बसपार्क सञ्चालनमा आउन नसक्दा राजविराजको मेनरोडमै जथाभावी रुपमा सार्वजनिक यातायातका साधन पार्किङ गर्ने र त्यहीबाट आवत जावत गर्ने क्रम बढ्दै गएको छ ।
    नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी मार्फत १५ करोड ६० लाख रुपैयाँको लागतमा १९ हजार ६ सय भन्दा बढी वर्ग किलोमिटरमा पैmलिएको आधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण भएको हो । 
    सो बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक ब्रान्च, प्रतिक्षालय, शौचालय, रेस्टुरेन्ट, मिनिमार्केट, सभाहल, प्रहरी बीट लगायतका संरचना निर्माण गरिएको छ । 
    बसपार्क सञ्चालनकै लागि नगरपालिकाले कार्यविधि बनाएर तीन पटक टेण्डर निकालेको तर, कसैले पनि टेण्डर नभर्दा अहिले सम्म बसपार्क सञ्चालनमा नआएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख परवीनले जानकारी दिइन् । 
    उनले यातायात व्यवसायीको असहयोगले पनि यस्तो अवस्था आएको उल्लेख गर्दै छिट्टै बसपार्क सञ्चालनमा ल्याउने तर्फ काम अघि बढिरहेको बताइन् । 
    बि.स. २०४४ सालमा तत्कालिन प्रधानमन्त्री मरिचमानसिह, दोश्रो पटक २०४६ सालमा तत्कालिन अञ्चलाधिश सुर्य वहादुर सेन ओली र तेश्रो पटक २०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सो बस पार्कको शिलान्यास गरेका थिए । तर, निर्माण काम अगाडी बढ्न सकेको थिएनन् ।
    चौथो पटक बि.स. २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन नगर प्रमुख शम्भु प्रसाद यादवले संयु्क्त रुपमा बसर्पाकको शिलान्यास गरेपछि निर्माण कार्य शुरु भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?