राजविराज÷कोरोना संक्रमण पुष्टि भएकै दिन क्वारेन्टाइनबाट भागेका एक यूवक र पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी एक गर्भवती यूवतीलाई प्रहरीले हाल सम्म फेला पार्न सकेको छैन् ।
सप्तरीको भारदहस्थित विपी स्मारक विद्यालयको क्वारेन्टाइन केन्द्रबाट गत मंगलबार साँझ पर्खाल नाघेर भागेका हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी २४ वर्षिय संक्रमित यूवक शनिबारसम्म फेला पर्न नसकेको र खोजी कार्य जारि रहेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइनबाट भागेकी एक यूवती पनि हालसम्म फेला पर्न सकेको छैन् । राजविराज नगरपालिका २ की १६ वर्षिया ती यूवती दुई महिनाकी गर्भवती समेत छिन् । उनी पिसिआर परिक्षण रिपोर्ट कोरोना पोजेटिभ आएकै दिन उनी भागेका थिइन् ।
पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी ती यूवतीको घर र आफन्त कहाँ खोज्दा पनि फेला पार्न नसकिएको तथा खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
सप्तरीका विभिन्न क्वारेन्टाइनबाट भागेका ३ संक्रमितसहित ४ जना मध्ये दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिई आइसोलेशन र सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमा फर्काइसकेको छ ।
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
सारांश
- पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी ती यूवतीको घर र आफन्त कहाँ खोज्दा पनि फेला पार्न नसकिएको तथा खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
- सप्तरीका विभिन्न क्वारेन्टाइनबाट भागेका ३ संक्रमितसहित ४ जना मध्ये दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिई आइसोलेशन र सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमा फर्काइसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया