“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 

राजविराज राजविराज
|
सोमबार, श्रावण १, २०८०
|
|
७५ पटक हेरिएको
Shares
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 

सारांश

  •     १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
  •       संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ ।
  •       बुझाइएको ज्ञापनमा साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट आन्दोलन स्वरुप अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी दिइएको छ ।

दैनिक समाचारदाता
रौतहट, १ साउन । 

    “गौर हत्या काण्ड” मा संलग्न दोषिलाई कारवाहीको माग गर्दै पीडितहरुले सोमबार रौतहट सदरमुकाम गौरमा प्रदर्शनका साथै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 
    १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 
    संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ । 
    बुझाइएको ज्ञापनमा साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट आन्दोलन स्वरुप अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी दिइएको छ । 
    आन्दोलनका कार्यक्रम अनुसार साउन २ देखि १२ गतेसम्म रौतहटका पालिकाहरुमा हत्याकाण्डबारे जानकारी र अन्तरक्रिया, साउन १३ गते सहिद तथा पीडित परिवारबाट धर्ना, साउन १४ गते मोटरसाइकल ¥याली र १५ गतेबाट अनिश्चितकालिन रौतहट बन्द रहेका छन् ।
    संघर्ष समितिका संयोजक रुपसागर देवीले अमानवीय र बीभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारालाई वर्षौसम्म पनि अनुसन्धानको दायरामा नल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडी नै खुलेआम हिँडिरहेको देख्नुपर्दा आफूहरूलाई थप पीडा भएको जनाएका छन् । 
    ‘अमानवीय र बीभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरुलाई अपराध पीडितको हक, न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौ’, संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 
    २०६३ साल चैत सात गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ताबीच भएको झडपमा २७ जना सर्वसाधारणको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
तिलाठी कोइलाडीमा किसान भेला सुरु
तिलाठी कोइलाडीमा किसान भेला सुरु
वर्षासँगै चिसो हावा चल्दा जनजिवन कष्टकर
वर्षासँगै चिसो हावा चल्दा जनजिवन कष्टकर
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
नाचगान गर्दै मनाइयो तीज 
नाचगान गर्दै मनाइयो तीज 
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी