टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते

सारांश

  •     स.
  • १प.
  • ३७९५ नम्बरको टेम्पुलाई विपरीत दिशाबाट तिब्रगतिमा आउँदै गरेको बा.

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    सप्तरीको बोदेबसाईन–विषणपुर सडकखण्ड गौरामा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक महिलासहित दुई भारतीय नागरिकको मृत्यु भएको छ भने सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।
    स.१प. ३७९५ नम्बरको टेम्पुलाई विपरीत दिशाबाट तिब्रगतिमा आउँदै गरेको बा.१च. ५५२७ नम्बरको टिपरले ठक्कर दिँदा टेम्पु सवार भारतको मोतीहारी जिल्ला निवासी २६ वर्षिय मो. सद्दाम हसैन र ४५ वर्षिया कुनकुनिया खातुनको मृत्यु भएको पहरीले जनाएको छ । 
    हुसैनको घटनास्थलमै तथा खातुनको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पु सवार अन्य ६ जना घाइते भएका छन् ।
    यस्तै घाइते हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका १ निवासी ४० वर्षिय मो. सल्लाउद्दिन, उनकी ३५ वर्षिया श्रीमती मुनिया खातुन, १२ वर्षिय छोरा मो. अकबर, १० वर्षिय छोरा मो. दाबेल र ६ वर्षिय छोरा मो. आशिक छन् । त्यस्तै सोही वडा निवासी ९ वर्षिय मो. अनबर पनि घाइते भएका छन् । 
    घाइतेहरुको बोदेबसाईन तथा बिराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको डिएसपी तिलक भारतीले जानकारी दिए ।
    घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघी बढाइएको डिएसपी भारतीले बताए । 
    बोदेबसाईन नगरपालिकाको जाजरमा मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सम्पन्न भएपछि घर फर्किदै गर्दा सो दुर्घटना भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु