दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका अब्दुला आयल ट्रेडसका संचालक मोम्मद हमिदले स्थानिय प्रवेज हार्डवेयरका संचालक मोहम्मद युसुफले ७ लाख ठगी गरेको आरोप लगाएका छन ।
आयल ट्रेडर्सका संचालक हमिदले राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै हमिदले गत असार १९ गते युसुफलाई ७ लाख नगदै दिएको जानकारी दिएका छन् । सो रकम एक हप्तामै फिर्ता हुने गरि दिएको उनले बताए । तर, असार २३ गते युसुफले नेपाल बैंक लिमिटेड राजविराजको नाममा ७ लाखको चेक दिएपनि हमिदले सो चेक लिएर असार ३० गते बैंकमा जाँदा खाता रकम जम्मा नभएको गुनासो गरे ।
बिश्वासको आधारमा आफुले स्थानिय व्यापारी समेत रहेका मोहम्मद युसुफलाई कारोवारको सिलिसलामा ७ लाखको रकम दिएको तर, हालसम्म पनि युसुफले सो रकम दिन नमानेको उनले बताए । कम लिनका लागि स्थानिय भद्र भलादमी बसाएर पंचायत गरेपनि रकम दिन आलटाल गरेपछि आफुले सो चेकको तीन चोटी चेक बाउन्स गरेको बताए ।
यता चेक बाउन्स गराएपछि ठगि गर्ने युसुफलाई बैंकिङ कारोवार कसुर बमोजिम जिल्ला प्रहरी कार्यलय सप्तरीमा जाहेरी दिएपनि प्रहरीले युसुफलाई पक्राउ गर्न नसकेको भन्दै आफू थप पीडित हुँदै गएको संचारकर्मीसँग गुनासो पोखे ।
चेक दिएर ७ लाख ठगी गरेको आरोप
सारांश
- आयल ट्रेडर्सका संचालक हमिदले राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका हुन ।
- आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै हमिदले गत असार १९ गते युसुफलाई ७ लाख नगदै दिएको जानकारी दिएका छन् ।
- सो रकम एक हप्तामै फिर्ता हुने गरि दिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया