समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड

राजविराज राजविराज
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२२ पटक हेरिएको
Shares
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक सोमबार अनावरण गर्दै उनले यस्तो खबरदारीको आवश्यकता रहेको बताएका हुन् ।
  •     सरकारले सही काम गरे आफूरुले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनका विरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने उनले उल्लेख गरे ।
  •       उनले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने समेत बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो त्याग र तपस्यापछि प्राप्त समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनताको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउँदै यसका बिरुद्ध निरन्तर सचेतनापूर्वक खबरदारी गर्नु आवश्यक रहेको बताएका छन् ।
    सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक सोमबार अनावरण गर्दै उनले यस्तो खबरदारीको आवश्यकता रहेको बताएका हुन् ।
    सरकारले सही काम गरे आफूरुले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनका विरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने उनले उल्लेख गरे । 
    उनले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने समेत बताए । शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने जनाए । 
    ‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता योद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको पठनपाठन तथा रोजगारीको जिम्मा अब सरकारको हुनेछ’ उनले भने– ‘केही समयभित्रै आयोग बनेर यसको प्रक्रिया सुरु भयो भने सहिद तथा बेपत्ताका परिवारले साँच्चिकै आफ्ना आफन्तले देश र जनताको परिवर्तनका लागि रगत बगाएका रहेछन् भन्ने गौरव अनुभूति हुने छ ।’
    आफ्नो प्रधानमन्त्रीत्वकालको अन्तिम समयमा शान्ति प्रक्रियालाई टुंग्याउन आवश्यक कानुन बनाउन कार्यदल गठन गरिएको र अहिले कार्यदलको सहमतिअनुसार संसदबाट टिआरसी विधेयक नै पारित भएसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो शान्ति सम्झौताका पक्षधर शक्ति र जनताका लागि गौरवको कुरा भएको बताए ।
    अध्यक्ष प्रचण्डले भने– ‘अहिले टिआरसी विधेयक नटुंगिएको कारण देखाउँदै अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हालका लागि स्थगित गर्न भनेको छ, अब टिआरसी विधेयकमा सहमति भएर सत्यनिरुपण आयोग पनि बनिसकेपछि हामी सबैले आग्रह गर्दा जनताको चाहनाअनुसार जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने बाटो खुल्नेछ भन्ने पनि मेरो दृढ विश्वास रहेको छ ।’
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
भतिजिको बलात्कार गराउने  कार्यमा सघाएकी काकी पक्राउ
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास