चैते धानबालीको उत्पादनमा वृद्धि हुने

राजविराज राजविराज
|
बुधबार, चैत्र १८, २०८२
|
|
७७ पटक हेरिएको
Shares
चैते धानबालीको उत्पादनमा वृद्धि हुने

सारांश

  •     यस आर्थिक वर्षमा ३ हजार १ सय हेक्टर जग्गामा चैते धानबाली लगाइएकोले १४ हजार ७ सय ८७ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिए ।
  •       जिल्लामा अहिले पनि किसान खेतमा चैते धानबाली लगाइ नै रहेकाले अझैं तथ्याङ्कमा वृद्धि हुने उनले बताए ।
  • चेतै धान उत्पादनका लागि उपयुक्त हावापानी भएकाले गत वर्षभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको राउतले जनाए ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 

    सप्तरीमा यस पटक चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३ सय हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको जनाइएको छ ।
    यस आर्थिक वर्षमा ३ हजार १ सय हेक्टर जग्गामा चैते धानबाली लगाइएकोले १४ हजार ७ सय ८७ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिए । 
    जिल्लामा अहिले पनि किसान खेतमा चैते धानबाली लगाइ नै रहेकाले अझैं तथ्याङ्कमा वृद्धि हुने उनले बताए । चेतै धान उत्पादनका लागि उपयुक्त हावापानी भएकाले गत वर्षभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको राउतले जनाए । 
    अहिले पालिकाहरुले किसानका लागि खेतमै विजुली पु¥याएको कारण वोर्डिङ्ग, स्यालो टुवेलबाट सिँचाई सहज भएकाले पनि चैते धान खेती प्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाई छ ।
    सप्तरीको १८ वटा पालिका मध्ये सबैभन्दा बढी चैतै धान उत्पादन छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वोदे बरसाईन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिकामा हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
    गत आर्थिक वर्षमा २ हजार ८ सय हेक्टर जग्गामा लगाइएको चैते धानबालीबाट १३ हजार ३ सय ५६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
अदालतको आदेशको अवज्ञा
अदालतको आदेशको अवज्ञा
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा