दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
बलात्कारको कसुरमा कारागार कार्यालय सप्तरीमा कैदी जिवन बिताइरहेका एक कैदीले पीडित किशोरीसँगै विवाह गरेको खुलासा भएको छ ।
गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी राजविराजबाट फरार भएका सप्तरीको महादेवा गाउँपालिका ४ निवासी २४ वर्षीय शत्रुघन मुखियाले पीडित किशोरीसँगै विवाह गरेका हुन् ।
कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई सरकारले फिर्ता हुन सूचना जारि गरेपछी मुखिया केही सातापछि विवाह गरेर पुनः आफैं कारागार फर्केका हुन् । उनी कारागारमा फर्किदा दुलहीको रुपमा ती किशोरीलाई लिएर आएका थिए ।
शत्रुघन दुई वर्ष अघि एक किशोरीको बलात्कारको आरोपमा सप्तरी जिल्ला अदालतबाट १२ वर्ष कैद सजाय पाएका थिए । त्यतिबेला पीडितका रुपमा उभिएकी ती किशोरी नै अहिले उनको श्रीमतीको रुपमा देखिएकी छिन् । पीडित किशोरी र मुखिया छिमेकी हुन् ।
कारागारबाट फरार भएको भोलिपल्टै भदौ २६ गते मुखियाले स्थानीय कमलामाई मन्दिरमा किशोरीसंग विवाह गरेको बताएका छन् । गाउँका भरभलादमीको रोहबरमा भएको विवाहपछि उनी असोज १९ गतेसम्म किशोरी कै घरमा बस्दै आएका थिए ।
कारागार प्रशासनले २० असोजसम्म आत्मसमर्पण गर्न सुचना जारी गरेपछि उनी सोही दिन आफैं कारागार कार्यालय सप्तरीमा नयाँ दुलहीलाई साथमा लिएर आत्मसमर्पण गर्न आए ।
कारागार फर्किदै गर्दा मुखिया दम्पतीले भने, “हामी प्रेममा थियौं, जबरजस्तीकरणी थिएन ।” दुई वर्षअघि सप्तरी जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर गर्दै शत्रुघनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो ।
आफुहरुबीच प्रेम रहेको र त्यस बेला पनि प्रेम विवाह गरी सहमती मै शारिरीक सम्बन्ध कायम भएको शत्रुघनको भनाई छ । तर अदालतले विहे गर्ने उमेर नपुगेको तथा पीडित पक्षको उजुरी तथा प्रहरी प्रतिवेदनको आधारमा जबरजस्ती करणी मुदामा सजाय तोके पछि उनी जेल चलान भएका हुन् । न्यायका लागी अहिले उच्च अदालत जनकपुर–राजविराज इजलाश समक्ष पुनरावेदन गरेको उनले जानकारी दिए ।
शुरुमा शत्रुघनका अभिभावकले प्रेम सम्बन्धलाई विवाहको रुप दिन अस्विकार गर्दा आफ्ना अभिभावकले शत्रुघन विरुद्ध बलात्कारको आरोप लगाई प्रहरीमा उजुरी दिएको ज्योतिको भनाई छ । अहिले पनि उनका बुवाले आफुहरुको विवाहलाई स्वीकार्न तयार नरहेको ती किशोरीले सुनाइन् ।
उनका अनुसार सुरुवातमै दुबैबीच प्रेम सम्बन्ध थियो, तर परिवारको अस्वीकारका कारण विवाद चर्कियो । “बुवाले उजुरी गरेपछि शत्रुघन जेल परे । गाउँले र अभिभावकले जे भने त्यही कागजमा सही गरें त्यही कागजले उनलाई जेलमा पु¥यायो” किशोरीले भनिन् अहिले डेढ महिनाको गर्भवती छु ।
फरार भएर पनि शत्रुघन स्वेच्छाले कारागर फर्किनु सकारात्मक कदम भएपनि सजाय पुरा गर्न अझ करिब १० वर्ष बाँकी रहेको कारागार कार्यालय सप्तरीका प्रमुख गंगालाल योगीले बताए ।
बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
सारांश
- गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी राजविराजबाट फरार भएका सप्तरीको महादेवा गाउँपालिका ४ निवासी २४ वर्षीय शत्रुघन मुखियाले पीडित किशोरीसँगै विवाह गरेका हुन् ।
- कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई सरकारले फिर्ता हुन सूचना जारि गरेपछी मुखिया केही सातापछि विवाह गरेर पुनः आफैं कारागार फर्केका हुन् ।
- उनी कारागारमा फर्किदा दुलहीको रुपमा ती किशोरीलाई लिएर आएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया