पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद

राजविराज राजविराज
|
सोमबार, माघ १५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद

सारांश

  •     सशस्त्र प्रहरी टोलीले आईतवार राती ९ बजेतीर हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह–कोशी ब्यारेज सडक खण्डमा चेकजाँचको क्रममा एक यात्रुबाहक वसबाट ५ लाख ३१ हजार २ सय  मुल्य बराबरको अवैध रेडिमेड कपडा बरामद गरेको हो ।
  •       बरामद कपडामा ६ सय ६४ थान लेडिज कुर्ता रहेको सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन राज विष्टले जानकारी दिए ।
  • कुनै विल विजक न रहेको उक्त समान जफत गरी आवश्यक कारवाही प्रकृयाका लागी सोमवार तिलाठी स्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।  

    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प भारदहले अवैध रुपमा ल्याइएको ५ लाख भन्दा बढी रेडिमेड कपडा बरामद गरेको छ । 
    सशस्त्र प्रहरी टोलीले आईतवार राती ९ बजेतीर हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह–कोशी ब्यारेज सडक खण्डमा चेकजाँचको क्रममा एक यात्रुबाहक वसबाट ५ लाख ३१ हजार २ सय  मुल्य बराबरको अवैध रेडिमेड कपडा बरामद गरेको हो । 
    बरामद कपडामा ६ सय ६४ थान लेडिज कुर्ता रहेको सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन राज विष्टले जानकारी दिए । कुनै विल विजक न रहेको उक्त समान जफत गरी आवश्यक कारवाही प्रकृयाका लागी सोमवार तिलाठी स्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हेडक्वाटर सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?