दैनिक समाचारदाता
राजविराज, १६ असार ।
कुटपिट मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साविक बसबिटी गाबिस वडा नं.४ हाल रुपनी गाउँपालिका वडा नं.५ निवासी ४८ वर्षिय सिताराम चौधरी छन् ।
स्थानिय अशोक कुमार चौधरीमाथी कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालतले २०६५ जेठ १३ गते सिताराम चौधरीलाई साढे सात दिन कैद र एक सय ७७ रुपैया जरिवाना ठहर गरेको थियो । फैसला लगत्तै चौधरी फरार रहेका थिए ।
चौधरीलाई बिहीबार प्रहरीले गाउँ घरमा नै फेला पारी अदालतमा पेश गरि कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको साविक बसबिटी गाबिस वडा नं.
- ४ हाल रुपनी गाउँपालिका वडा नं.
- ५ निवासी ४८ वर्षिय सिताराम चौधरी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया