हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड

राजविराज राजविराज
|
बिहिबार, आश्विन २३, २०८२
|
|
६७ पटक हेरिएको
Shares
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड

सारांश

  •     महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएका विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा बिहीबार यहाँ आयोजित महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् ।
  •       उनले भनिन्, “उनीहरु माथी हुने हिंसालाई रोक्न र न्याय सम्पादन गर्न पालिकाहरुले पनि नयाँ रुपमा ऐन, कानुन र निर्देशिका बनाएर न्यायिक समिति मार्फत अघि बढ्नु जरुरी भएको छ ।
  • ”     राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले महिला हिंसा न्युनिकरण र बालबालिकाको अधिकार संरक्षण र सुनिश्चितताका लागि आयोजित कार्यक्रमले ऐन, कानुन र पालिकाको निर्देशिका तयार पार्न ठूलो मद्दत पु¥याउने भन्दै प्राप्त सुझावलाई पालना गर्दै नगरपालिकाले आफ्नो निर्देशिका तयार गरी सोही अनुसारको गतिविधि अघि बढाउने प्रतिबद्धता जनाइन् ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 

    विघटित प्रतिनिधिसभाका सदस्य एवं कानुनविद्ध रंजु कुमारी ठाकुरले महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिएकी छिन् । 
    महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएका विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा बिहीबार यहाँ आयोजित महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् । 
    उनले भनिन्, “उनीहरु माथी हुने हिंसालाई रोक्न र न्याय सम्पादन गर्न पालिकाहरुले पनि नयाँ रुपमा ऐन, कानुन र निर्देशिका बनाएर न्यायिक समिति मार्फत अघि बढ्नु जरुरी भएको छ ।”
    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले महिला हिंसा न्युनिकरण र बालबालिकाको अधिकार संरक्षण र सुनिश्चितताका लागि आयोजित कार्यक्रमले ऐन, कानुन र पालिकाको निर्देशिका तयार पार्न ठूलो मद्दत पु¥याउने भन्दै प्राप्त सुझावलाई पालना गर्दै नगरपालिकाले आफ्नो निर्देशिका तयार गरी सोही अनुसारको गतिविधि अघि बढाउने प्रतिबद्धता जनाइन् । 
    विदेह फाउण्डेशनका जिल्ला संयोजक रुवी मिश्राले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै उक्त कार्यक्रम हाल पहिलो चरणमा राजविराज नगरपालिका र त्यसपछी क्रमशः छिन्नमस्ता, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकामा संचालन हुने जानकारी दिइन् ।
    प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक ज्योतिषकुमार यादवद्वारा उद्घोषण गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी, महिला तथा बालबालिका विकास अधिकृत अनिता चौधरी, मधेश संग्राहलयका सदस्य सचिव पार्थो सरकार, इन्टरलेक्चुवल फाउण्डेशन नेपालका अध्यक्ष डा. सूर्यप्रसाद यादव, सामाजिक विकास अधिकृत मनोज यादवका साथै नगरपालिकाका सबै १६ वडाका वडाअध्यक्षहरुले पनि बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिकको हकहीतका लागि प्राप्त सुझावलाई आफ्नो कार्यविधीमा समेटेर कडाईका साथ पालना गर्ने÷गराउने कुरामा सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी