दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
विघटित प्रतिनिधिसभाका सदस्य एवं कानुनविद्ध रंजु कुमारी ठाकुरले महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिएकी छिन् ।
महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएका विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा बिहीबार यहाँ आयोजित महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् ।
उनले भनिन्, “उनीहरु माथी हुने हिंसालाई रोक्न र न्याय सम्पादन गर्न पालिकाहरुले पनि नयाँ रुपमा ऐन, कानुन र निर्देशिका बनाएर न्यायिक समिति मार्फत अघि बढ्नु जरुरी भएको छ ।”
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले महिला हिंसा न्युनिकरण र बालबालिकाको अधिकार संरक्षण र सुनिश्चितताका लागि आयोजित कार्यक्रमले ऐन, कानुन र पालिकाको निर्देशिका तयार पार्न ठूलो मद्दत पु¥याउने भन्दै प्राप्त सुझावलाई पालना गर्दै नगरपालिकाले आफ्नो निर्देशिका तयार गरी सोही अनुसारको गतिविधि अघि बढाउने प्रतिबद्धता जनाइन् ।
विदेह फाउण्डेशनका जिल्ला संयोजक रुवी मिश्राले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै उक्त कार्यक्रम हाल पहिलो चरणमा राजविराज नगरपालिका र त्यसपछी क्रमशः छिन्नमस्ता, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकामा संचालन हुने जानकारी दिइन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक ज्योतिषकुमार यादवद्वारा उद्घोषण गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी, महिला तथा बालबालिका विकास अधिकृत अनिता चौधरी, मधेश संग्राहलयका सदस्य सचिव पार्थो सरकार, इन्टरलेक्चुवल फाउण्डेशन नेपालका अध्यक्ष डा. सूर्यप्रसाद यादव, सामाजिक विकास अधिकृत मनोज यादवका साथै नगरपालिकाका सबै १६ वडाका वडाअध्यक्षहरुले पनि बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिकको हकहीतका लागि प्राप्त सुझावलाई आफ्नो कार्यविधीमा समेटेर कडाईका साथ पालना गर्ने÷गराउने कुरामा सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
सारांश
- महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएका विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा बिहीबार यहाँ आयोजित महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् ।
- उनले भनिन्, “उनीहरु माथी हुने हिंसालाई रोक्न र न्याय सम्पादन गर्न पालिकाहरुले पनि नयाँ रुपमा ऐन, कानुन र निर्देशिका बनाएर न्यायिक समिति मार्फत अघि बढ्नु जरुरी भएको छ ।
- ” राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले महिला हिंसा न्युनिकरण र बालबालिकाको अधिकार संरक्षण र सुनिश्चितताका लागि आयोजित कार्यक्रमले ऐन, कानुन र पालिकाको निर्देशिका तयार पार्न ठूलो मद्दत पु¥याउने भन्दै प्राप्त सुझावलाई पालना गर्दै नगरपालिकाले आफ्नो निर्देशिका तयार गरी सोही अनुसारको गतिविधि अघि बढाउने प्रतिबद्धता जनाइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया