दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १५, २०८०
|
|
१०५ पटक हेरिएको
Shares
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प

सारांश

  •     पालिका क्षेत्र भित्र रहेका सबै १८ वटै विद्यालयका शिक्षक र विद्यालय कर्मचारी अघिल्लो दिन सोमबारदेखि विद्यालय बन्द गरी गाउँपालिका कार्यालयको प्रवेशद्वारमा धर्ना वसेका हुन् ।
  •       जसकारण विद्यालयको पठन पाठन मात्र नभई गाउँपालिका कार्यालयको दैनिकी कामकाज समेत प्रभावित बन्न पुगेको छ ।
  •       विगत एक वर्षदेखि तलब नपाएका उनीहरुले बाँकि बक्यौता तलब नपाएसम्म काममा नफर्कने अडान लिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।

    एक वर्ष देखि तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले दोश्रो दिन मंगलबार पनि पालिका अन्तर्गतका सबै विद्यालय बन्द गरी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
    पालिका क्षेत्र भित्र रहेका सबै १८ वटै विद्यालयका शिक्षक र विद्यालय कर्मचारी अघिल्लो दिन सोमबारदेखि विद्यालय बन्द गरी गाउँपालिका कार्यालयको प्रवेशद्वारमा धर्ना वसेका हुन् । 
    जसकारण विद्यालयको पठन पाठन मात्र नभई गाउँपालिका कार्यालयको दैनिकी कामकाज समेत प्रभावित बन्न पुगेको छ । 
    विगत एक वर्षदेखि तलब नपाएका उनीहरुले बाँकि बक्यौता तलब नपाएसम्म काममा नफर्कने अडान लिएका छन् । विद्यालय कर्मचारी र शिक्षकद्वारा गठित संघर्ष समितिका सदस्य रुपकान्त मिश्रले माग पुरा नभए सम्म काममा नफर्किने निर्णय भएको सुनाए । पालिका भित्रको आन्तरिक विवादका कारण ५ मावि र १३ आधारभुत विद्यालयका करिब २ सय शिक्षक र विद्यालयका कर्मचारीहरुले एक वर्षदेखि तलब पाउन नसकेको उनको भनाई छ । 
    लामो समयदेखि तलब पाउन नसक्दा कोही बैंकमा गरगहना बन्धकी राखेर त कोही जग्गा धितो राखेर ऋण लिई घर व्यवहार चलाउने गरेको शिक्षक रामचन्द्र साहले बताए । 
    कार्यवहाक गाउँपालिका अध्यक्ष रेणु कुमारी यादवले शिक्षकहरुको तलब खुवाउन आफुले प्रमुख प्रशासकिय अधिकृत उज्जवल आनन्दलाई ४ महिना अघि नै अख्तियारी दिइ सकेपनि उनी विभिन्न कारण देखाई चेक काट्न आलटाल गर्दै आएको बताईन । 
    केही समय अघि सम्पन्न गाउँसभामा केही कानुनी जटिलताका कारण प्रमुख प्रशासकीय अधिकृतले आर्थिक कारोबारमा हात हाल्न आलटाल गर्दै आएको जनप्रतिनिधीहरु बताउँछन् । 
    गाउँसभा बारे अन्यौलता र जनप्रतिनिधी बीचको आन्तरिक किचलोका कारण अस्तब्यस्त बनेको पालिका कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत आनन्द पनि कहिले काही मात्र आउने गरेको कर्मचारीहरु बताउँछन् । 
    शिक्षकहरुले दुई दिन अघि र गत मंसिर ७ गते तलबका विषयमा गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कायाँलयमा एक ज्ञापन पत्र पनि बुझाएका थिए । तर सो उपर कुनै सुनवाई नभएकाले बाध्य भई विद्यालय नै बन्द गरी आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । 
    विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव र लेखापाल टेक नारायण यादव हाल निलम्बीत अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विषेश अदालतमा आरोप पत्र दायर गरेपछी उनीहरु निलम्बित भएका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु
आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
धुमधामका साथ मनाईदै चैती छठ 
धुमधामका साथ मनाईदै चैती छठ 
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी