दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राजविराजस्थित कामना सेवा विकास बैंकले कलेजका विद्यार्थीहरुलाई समेटेर वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
बैंकद्वारा साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार उक्त वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
स्थानिय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्यनारायण मुखियाले जानकारी दिएका छन् ।
राष्ट्रबैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधिबारे जानकारी दिने र लगानीका क्षेत्रबारे सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
‘ग्लोवल मनी विक’ मुलतः किशोर किशोरी तथा युवा युवतीमा वित्तिय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्य रहेको उनको भनाई छ ।
कार्यक्रममा शाखा प्रबन्धक मुखियाका साथै शाखाका समन्वय प्रबन्धक प्रशान्त भगत, रत्न यादव कलेजका संचालक सदस्य केशव झा, प्राध्यापक राजदेव यादव लगायतले वित्तिय शिक्षाको महत्व र वित्तिय सेवाका आधारभूत पक्षबारे विद्यार्थीहरुलाई ज्ञान बाँडेका थिए ।
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
सारांश
- बैंकद्वारा साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार उक्त वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
- स्थानिय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्यनारायण मुखियाले जानकारी दिएका छन् ।
- राष्ट्रबैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधिबारे जानकारी दिने र लगानीका क्षेत्रबारे सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया