मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा

सारांश

  •     जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा सोमबार भएको महामुर्ख सम्मेलनमा दुबैजनालाई महामुर्ख र पटमुर्खको घोषणा गरिएको हो ।
  •       मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन गर्दै आएको छ ।
  •     त्यस्तै प्रदेश सांसद रामअशिष यादवलाई हराशंख, नेकपा प्रदेश सांसद रामचन्द्र मण्डल सिलौटा, राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई भभकौवा, जनकपुरधामकी उपमेयर रीता झालाई टुनमुसरी, पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर, मैथली विकास कोषाका अध्यक्ष जिवनाथ चौधरीलाई घरघुसना, साहित्यकार रोशन जनकपुरीलाई बेलगोवना, युव अभियन्ता सुशील कर्णलाई बेश कुल्हैर, पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई खाप सुरत, पुनम झालाई अदलबदली, बलराम साहलाई बज्रकिट उपाधि प्रदान गरेको छ ।

दैनिक समाचारदाता
जनकपुरधाम, २६ फागुन । 
    होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी यस वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ । यस्तै राजपाका महासचिव एवं प्रदेश सांसद मनिष सुमनलाई पटमुर्खको उपाधि घोषणा गरिएको छ ।
    जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा सोमबार भएको महामुर्ख सम्मेलनमा दुबैजनालाई महामुर्ख र पटमुर्खको घोषणा गरिएको हो । 
    मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन गर्दै आएको छ ।
    त्यस्तै प्रदेश सांसद रामअशिष यादवलाई हराशंख, नेकपा प्रदेश सांसद रामचन्द्र मण्डल सिलौटा, राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई भभकौवा, जनकपुरधामकी उपमेयर रीता झालाई टुनमुसरी, पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर, मैथली विकास कोषाका अध्यक्ष जिवनाथ चौधरीलाई घरघुसना, साहित्यकार रोशन जनकपुरीलाई बेलगोवना, युव अभियन्ता सुशील कर्णलाई बेश कुल्हैर, पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई खाप सुरत, पुनम झालाई अदलबदली, बलराम साहलाई बज्रकिट उपाधि प्रदान गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ