दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
रकम अभावले समयमै उपचार गराउन नपाएकी राजविराज नगरपालिका १० दिघवा निवासी २५ वर्षिया निरसी भनिने गितादेवी खंगको आइतबार बिहान मृत्यु भएको छ ।
गत माघ १३ गते चिसो छल्न घुर ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी उनको विगत एक महिना बढी समयदेखी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको थियो ।
लामो समयदेखी अस्पतालमा छटपटाइरहेकी खंगको उपचारका लागि केही व्यक्ति र संघसंस्थाले आर्थिक सहयोग जुटाइदिएपछि तीन दिनअघि उनलाई अस्पतालका मेसु डा. रन्जित झाको पहलमा किर्तिपुर लगिएको थियो ।
किर्तिपुर स्किन अस्पतालमा उपचारका लागि भर्ना भएकी उनको आइतबार बिहान मृत्यु भएको हो । अस्पतालका चिकित्सकहरुले आगोले पोलेको गम्भिर केस ढिलो गरि ल्याएको भन्दै प्रयास गर्दा गर्दै पनि बचाउन नसकिएको बताएका छन् ।
खर्च अभावका कारण शवलाई गृहजिल्ला ल्याउन समेत समस्या परेपछि हाल काम विशेषले काठमाडौंमै रहेका प्रदेशसभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपाका यूवा नेता किशोर कुमार यादव केसी र अमरकान्त झाको पहलमा २० हजार रुँपैया खर्च व्यवस्थापन गरि उनको शव राजविराज ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
आगोले जलेर गम्भिर बिरामीको उपचार अस्पतालमा सम्भव नभएको भनिएपनि खर्च अभावले गर्दा उनलाई बाहिर लैजान सकिएको थिएन् ।
ऐलानी जग्गामा बसोबास गर्दै आएका मृतकका पति राजाराम पनि मजदुरी गरेर गुजारा चलाउँदै आएका हुन् । पत्निलाई अस्पतालमा भर्ना गरेपछि उनको हेरचार गर्न बस्नु पर्दा मजदुरी गर्न समेत नभ्याएको उनले बताए ।
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
सारांश
- गत माघ १३ गते चिसो छल्न घुर ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी उनको विगत एक महिना बढी समयदेखी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको थियो ।
- लामो समयदेखी अस्पतालमा छटपटाइरहेकी खंगको उपचारका लागि केही व्यक्ति र संघसंस्थाले आर्थिक सहयोग जुटाइदिएपछि तीन दिनअघि उनलाई अस्पतालका मेसु डा.
- रन्जित झाको पहलमा किर्तिपुर लगिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया