अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

राजविराज राजविराज
|
मंगलबार, माघ २२, २०८१
|
|
६६ पटक हेरिएको
Shares
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

सारांश

  •     तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा शुरु भएको प्रतियोगिताको एक समारोहबीच स्व.
  • साकेत चन्द्र मिश्रकी आमा चक्ला देवी मिश्रले उदघाटन गरेकी छिन ।
  •       सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसर पारेर विगत १३ वर्ष देखी तिलाठीमा नियमित पुजा र मेला तथा पुजा समितीद्वारा अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।

    शहिद साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा १३ औ अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता मंगलवारदेखी सप्तरीको तिलाठीमा शुरु भएको छ । 
    तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा शुरु भएको प्रतियोगिताको एक समारोहबीच स्व.साकेत चन्द्र मिश्रकी आमा चक्ला देवी मिश्रले उदघाटन गरेकी छिन । 
    सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसर पारेर विगत १३ वर्ष देखी तिलाठीमा नियमित पुजा र मेला तथा पुजा समितीद्वारा अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ । 
    पंचायती व्यवस्था तथा राजतन्त्र विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व.साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा नियमितरुपमा आयोजना हुदै आएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २२ महिला र ६४ पुरुष खेलाडी सहभागी छन । 
    गाउँवासीको सहयोगमा संचालित प्रतियोगिताको पहिलो दिन विभिन्न तौल समुहमा महिला तर्फ २ र पुरुष तर्फ ८ गरी १० वटा प्रतिस्पर्धा सम्पन्न भएको छ । जसमध्ये ६ वटा प्रतिस्पर्धामा नेपाली पहलमानले उत्कृष्ट प्रर्दशन गर्दै विजयी हासिल गरेका छन । 
    महिलातर्फ भएको दुई प्रतिस्पर्धामा नेपाली पहलमान नवलपरासीकी बबी भन्ने बविता कुमारी विजयी भएकी छिन भने अर्काे प्रतिस्पर्धामा भारत राजस्थानकी नेहा सिंहले जित निकालेकी छिन ।
    यस्तै पूरुष तर्फ भएको ८ प्रतिस्पर्धा मध्ये नेपाली पहलमानले ५ र भारतीय पहलमानले ३ प्रतिस्पर्धामा विजयी भएका छन । उक्त प्रतियोगितामा सप्तरीका नवनित झा र पर्साका सुनिल साह निर्णायकको भूमिकामा छन् । 
    वडाअध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतमा आयोजित प्रतियोगितको उदघाटन समारोहमा पुजा समितिका अध्यक्ष अजित कुमार मिश्र, शहिद साकेत चन्द्र मिश्र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुमेश चन्द्र मिश्र लगायतले परम्परागतरुपमा हुदै आएको कुस्ती खेलले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन समेत मदत मिल्ने विश्वास ब्यक्त गरे ।     
    तीन दिन सम्म चल्ने प्रतियोगितामा आयोजक सप्तरीका साथै पर्सा, सिरहा, धनुषा, सर्लाही, बाके तथा भारतको राजस्थान, बिहार, मध्यप्रदेश, झारखण्ड, दिल्ली, हरियाण र पंजाबका पहलमानहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
संघियताको बाढीमा डुब्यो मधेसवाद
संघियताको बाढीमा डुब्यो मधेसवाद
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान